default_image

4 years ago

August 4, 2021

किएलिनी र युभेन्ट्सबीच सम्झौता नवीकरण

157 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब युभेन्ट्सका कप्तान जर्जियो किएलिनीले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । डिफेन्डर किएलिनीले क्लबसँग दुई वर्षको लागि सम्झौता नवीकरण गरेका हुन् ।

सम्झौता नविकरणसँगै अब ३६ वर्षीय इटालियन डिफेन्डर सन् २०२३ सम्म युभेन्ट्समा रहने छन् । इटालीका कप्तान समेत रहेका किएलिनी सन् २००४ मा रोमाबाट युभेन्ट्स आएका थिए । त्यसयता उनले लिभोर्नाे र फियोरेन्टिनामा एक–एक सिजन लोनमा खेलेका थिए ।

२००५ पछि उनी युभेन्ट्सका मुख्य खेलाडीको रुपमा रहेका छन् । किएलिनीले युभेन्ट्समा १६ सिजन बिताउँदा ६४५ खेलमा ४३ गोल गरेका छन् । किएलिनीले युभेन्ट्सका लागि ९ सिरी ‘ए’, एक सिरी ‘बी’, पाँच कोपा इटालिया र पाँच सुपर कोपा जितेका छन् ।

किएलिनीकै कप्तानीमा इटालीले गत जुलाईमा सम्पन्न युरोपेली च्याम्पियनसिप २०२० को उपाधि जितेको थियो । किएलिनीले इटालीका लागि १ सय १२ खेलम ८ गोल गरेका छन् ।

June 14, 2025

यस्तो हुनेछ फिफाको नयाँ क्लब विश्वकप

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यसै वर्षदेखि नयाँ ढंगले सुरु गर्न लागेको फिफा क्लब विश्वकप शनिबार सुरु हुँदैछ । अमेरिकामा हुने प्रतियोगिताको पहिलो खेल नेपालमा भने स्थानीय समयअनुसार आइतबार विहान ५:४५ बजे सुरु हुनेछ । उद्घाटन खेलमा अल अहली र इन्टर मायमी खेल्नेछन् । सन् २००० देखि फिफाले हरेक वर्ष महादेशीय क्लब प्रतियोगिताको […]

June 14, 2025

अर्जेन्टिनी कीर्तिमानी मस्तान्तुओनो रियलमा अनुबन्धित

एजेन्सी – रियल म्याड्रिडले अर्जेन्टिनाका लागि प्रतिस्पर्धात्मक खेलमा खेलेका सबैभन्दा कान्छा खेलाडी फ्राङ्को मस्तान्तुओनोलाई रिभर प्लेटबाट अनुबन्ध गरेको छ। १७ वर्षीय मस्तान्तुओनोको रिलिज क्लज सक्रिय गरेपछि रिभर प्लेटले ४५ मिलियन युरो प्राप्त गर्ने बताइएको छ। त्यो क्लबको लागि नयाँ कीर्तिमान हो। अट्याकिङ मिडफिल्डर मस्तान्तुओनोले पछिल्ला दुई सिजनमा रिभर प्लेटको पहिलो टोलीमा नियमित रुपमा खेल्दै आइरहेका […]

June 13, 2025

सिटी छाडेका डे ब्रेइन नापोलीमा‌ आबद्ध

एजेन्सी – म्यानचेस्टर सिटी छाडेका केभिन डे ब्रुइनलेइटालियन क्लब नापोलीमा आबद्ध भएका छन्। बेल्जियमका मिडफिल्डर डे ब्रुइनले प्रिमियर लिग सिजनको अन्त्यसँगै सिटी छाडेका थिए। इटालियन च्याम्पियन नापोलीमा एन्टोनियो कोन्टे प्रमुख प्रशिक्षक छन् । उनले चेल्सी र टोटनहमको पनि नेतृत्व गरिसकेका छन्। इटालीमा फ्रि ट्रान्सफरमार्फत गएका डे ब्रुइनले मेजर लिग सकर क्लब सिकागो फायरको प्रस्ताव अस्वीकार […]

Success

Thank you for your time.