default_image

3 years ago

August 3, 2021

राखेपद्वारा फुटबल विवाद छानबिन समिति गठन

काठमाडौं (हाम्रो खेलकुद)– फुटबलको पछिल्लो विवादका विषयमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ । एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ, राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अलमुताइरी र दुई सञ्चारकर्मीको विवादका विषयमा छानबिन गर्न एन्फाले युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गरेको थियो । मन्त्रालयले सो […]

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– फुटबलको पछिल्लो विवादका विषयमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ ।

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ, राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अलमुताइरी र दुई सञ्चारकर्मीको विवादका विषयमा छानबिन गर्न एन्फाले युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गरेको थियो । मन्त्रालयले सो जिम्मेवारी राखेपलाई दिएपछि राखेपका कार्यवहाक सदस्य सचिव एकेन्द्र कुवँरले सदस्य लाखेको संयोजकत्वमा समिति गठन गरेको हो ।

छानबिनका लागि मन्त्रालयबाट सोमबार नै पत्र प्राप्त भएकोले प्रक्रिया अघि बढाइएको कार्यवाह सदस्य सचिव कुवँरले बताए । समितिमा राखेप सदस्य सुवर्ण श्रेष्ठ, चन्द्रबन्दना राई, रेनुका श्रेष्ठ, राखेप प्रशिक्षण विभाग प्रमुख अर्जुन बिक, कानुन शाखाका नारायण अर्याल र संघ संस्थाका सरोज पोखरेल रहेका छन् । समितिलाई छानबिनका लागि ७ दिनको समय तोकिएको छ ।

अलमुताइरी र दुई सञ्चारकर्मीसँगको विवादबाट अहिले एन्फामा उग्र रुप लिएको छ । अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्बाङका कारण आफूलाई काम गर्न अप्ठेरो भएको आशयाका साथ पदबाट राजीनामा दिने घोषणा फेसबुकमार्फत गरेका थिए । सञ्चारकर्मीसँगको घटनामा नेम्बाङको संलग्नता रहेको दाबी अलमुताइरीले गर्दै आएाक छन् । त्यसमा नेम्बाङले कडा आपत्ती जनाउँदै अलमुताइरीविरुद्ध छानबिनको माग राखेका थिए । अलमुताइरीले पनि नेम्बाङ र दुई सञ्चारकर्मीविरुद्ध छानबिनको माग गरेका थिए ।

त्यति विषयमा छलफल गर्न बसेकेको शुक्रबार बसकेको एन्फा केन्द्रिय समितिको आपतकालिन बैठकले मन्त्रालयलाई छानबिनका लागि अनुरोध गर्ने निर्णय गरेको थियो । एन्फाले अर्को निर्णय नभएसम्मका लागि अलमुताइरीलाई राष्ट्रिय टोलीको प्रशिक्षणबाट रोक लगाएको छ । साफ च्याम्पियनसिपको तयारीमा रहेको टोलीलाई एन्फाले १० दिनका लागि विश्राम दिएको छ । मन्त्रालयलाई छानबिन गर्न दिने नहुने तर्क गर्दै एन्फा सदस्य किरण राईले सोमबार प्रवक्ताबाट राजीनामा दिएका थिए ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.