default_image

3 years ago

August 5, 2021

बिदामा पनि मेस्सी र नेयमारको तुलाना

एजेन्सी – फुटबलको नयाँ सिजन सुरु हुन अब केहि दिन मात्र बाँकी रहेको छ । कोपा अमेरिकाको फाइनल पछि अर्जेन्टिनाका लिओनल मेस्सी र ब्राजिलियन नेयमार विदामा छन् । आयोजक ब्राजिललाई १–० ले हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका जितेको थियो । मेस्सीको कप्तानीमा पहिलो पटक अर्जेन्टिनाले पहिलो पटक उपाधि जितेको हो । प्रतियोगितामा मेस्सी सर्वाधिक गोलकर्ता बने […]

46 views

0 Bookmark

एजेन्सी – फुटबलको नयाँ सिजन सुरु हुन अब केहि दिन मात्र बाँकी रहेको छ । कोपा अमेरिकाको फाइनल पछि अर्जेन्टिनाका लिओनल मेस्सी र ब्राजिलियन नेयमार विदामा छन् । आयोजक ब्राजिललाई १–० ले हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका जितेको थियो ।

मेस्सीको कप्तानीमा पहिलो पटक अर्जेन्टिनाले पहिलो पटक उपाधि जितेको हो । प्रतियोगितामा मेस्सी सर्वाधिक गोलकर्ता बने । मेस्सी र नेयमार संयुक्तरुपमा कोपाको सर्वोत्कृष्ट खेलाडी बनेका थिए । मेस्सी र नेयमार आफ्नो विदा सकेर आफ फुटबलमा फर्कने तयारीमा छन् । तर यी बेलामा फरक कारणले यी दुई खेलाडी चर्चामा छन् ।

बार्सिलोनाका समर्थक मेस्सीले सम्झौता नविकरण गर्दै नयाँ सिजनको सुरुवात गर्नेछन् भन्ने अपेक्षा राखेका छन् । जुनमा क्लबसँगको उनको सम्झौता टुंगिएको थियो । तर, नयाँ सम्झौता भने अझै हुने बाँकी छ । विदाका क्रममा पनि मेस्सी भने शारीरिक रुपमा फिट देखिएका छन् । उनले सामाजिक सञ्जालमा परिवारका साथ सर्वजनिक गरेको फोटो, भिडियोमा उनी पहिला जस्तै फिट देखिएका छन् ।

त्यहि समयमा नेयमार भने इबिजामा रहेका छन् । उनको अवस्था भने सामान्य खेलाडी भन्दा केहि फरक देखिएको छ । पेरिस सेन्ट जर्मेनका स्टारको पेट पहिला भन्दा अलि बढे जस्तो देखिएको छ । समर्थकले उनको र मेस्सीको अहिलेको शारीरिक अवस्थाका बारेमा तुलना गर्न थालेका छन् ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.