default_image

3 years ago

August 4, 2021

रोनाल्डोलाई ‘पाओलो रोस्सी’ अवार्ड

एजेन्सी – इटालियन क्लब युभेन्टस्का पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले पहिलो संस्करणको पाओली रोस्सी अवार्ड जितेका छन् । गत सिजनको सिरी ‘ए’ मा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जितेसँगै रोनाल्डोले यो अवार्ड हात पारेको हो । इटालियन फुटबल फेडेरेसनले आफ्नो विश्व विजेता रोस्सीको नाममा यो अवार्डको स्थापना गरेको हो । रोस्सीको गत डिसेम्वरमा ६४ वर्षको […]

37 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब युभेन्टस्का पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले पहिलो संस्करणको पाओली रोस्सी अवार्ड जितेका छन् ।

गत सिजनको सिरी ‘ए’ मा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जितेसँगै रोनाल्डोले यो अवार्ड हात पारेको हो । इटालियन फुटबल फेडेरेसनले आफ्नो विश्व विजेता रोस्सीको नाममा यो अवार्डको स्थापना गरेको हो । रोस्सीको गत डिसेम्वरमा ६४ वर्षको उमेरमा निधन भएको थियो ।

इटालियन फुटबल फेडेरेसनले लिगमा सर्वाधिक गोल गर्ने खेलाडीलाई दिने नीति पारित गरेको थियो । रोस्सीको तस्विर अंकित उक्त अवार्डको बनावट समेत परिवर्तन गरिएको संघले जनाएको छ । उक्त ट्रफीमा रोनाल्डोले गरेको गोल सङ्ख्या २९ वटा नै हिरा जडान गरिनेछ ।

रोनाल्डोले गत जुलाईमा सम्पन्न युरोपेली च्याम्पियनसिपमा पनि गोलडने बुट जित्न सफल भएका थिए । उनको टोली पोर्चुगल प्रि–क्वाटरफाइनलबाट बाहिरिएपनि रोनाल्डोले समूह चरणमा ५ गोल गर्दै सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्न सफल भएका थिए ।

यो सिजनको समर ट्रान्सफर चार साता बाँकी रहँदा ३६ वर्षीय रोनाल्डोको युभेन्ट्समा भविष्य अनिश्चित जस्तै छ । तर रोनाल्डोले टुरिन क्लबमै बस्ने मनासय बनाएका छन् । युभेन्ट्समा रोनाल्डोको सम्झौता यो सिजनको अन्त्यसम्म रहेको छ । रोनाल्डो सन् २०१८ मा स्पेनिस क्लब रियल म्याड्रिडबाट युभेन्ट्स पुगेका थिए ।

सन् १९७७ देखि १९८६ सम्म इटालीको राष्ट्रिय टोलीमा रहेका पाओलो रोस्सी इटालीले सन् १९८२ को विश्वकप जित्दा टोलीका मुख्य सदस्य थिए । उनले इटालीका लागि ४८ खेलमा २० गोल गरेका थिए । उनले युभेन्ट्स, कोमो, भिसेन्जा, पेरुजिया, एसी मिलान र हेलास भेरोनाबाट व्यवसायिक लिग खेलेका थिए ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.