3 years ago
August 4, 2021
एजेन्सी – लुइस भान गाल नेदरल्यान्ड्सको मुख्य प्रशिक्षकमा नियुक्त भएको छ । नेदरल्यान्ड्स फुटबल फेडेरेसनले उनलाई बुधबार टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । उनको सम्झौता कतार विश्वकप २०२२ सम्म रहेको छ । उनी फ्रान्क डि बोएरको स्थानमा डच टोलीको मुख्य प्रशिक्षक बनेका हुन् । बोएरले डच टोली गत जुलाईमा सम्पन्न युरोपेली च्याम्पियनसिपको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएपछि […]
एजेन्सी – लुइस भान गाल नेदरल्यान्ड्सको मुख्य प्रशिक्षकमा नियुक्त भएको छ । नेदरल्यान्ड्स फुटबल फेडेरेसनले उनलाई बुधबार टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
उनको सम्झौता कतार विश्वकप २०२२ सम्म रहेको छ । उनी फ्रान्क डि बोएरको स्थानमा डच टोलीको मुख्य प्रशिक्षक बनेका हुन् । बोएरले डच टोली गत जुलाईमा सम्पन्न युरोपेली च्याम्पियनसिपको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएपछि टोली छाडेका थिए ।
डच टोलीका ६९ वर्षीय पुर्व मिडफिल्डर तेस्रोपटक डच टोलीको प्रशिक्षक बनेका हुन् । उनी यसअघि २००१ र २००२ सम्म र २०१२ देखि २०१४ सम्म डच टोलीका प्रशिक्षक बनेका थिए ।
अनुभवी प्रशिक्षक भान गालले १९९१ देखि प्रशिक्षण करियर सुरु गरेका थिए । उनले सन् १९९७ सम्म आयाक्सको टोली सम्हाल्दा च्याम्पियन्स लिग जिताएका थिए । त्यसपछि उनले बार्सिलोना, ए जेट, बायर्न म्युनिख र म्यानचेस्टर युनाइटेडको प्रशिक्षण सम्हालेका थिए ।
April 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]
April 17, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्।बुधबार लामालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। लागू औषध मुद्दामा पाटन उच्च अदालतबाट ५ वर्षको कैद सजाय तोकिएयता उनी फरार थिए। पछिल्लो समय उनी एन्फा कार्यसमिति बैठक र साधारण सभामा पनि अनुपस्थित थिए। पछिल्लो साताबाट भने लामा सामाजिक […]
April 17, 2024
एजेन्सी – स्पेनिस क्लब एट्लेटिको म्याड्रिड माथि समग्रमा ५-४ को जित निकाल्दै जर्मन टोली बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा २-१ को हार बेहोरेको डर्टमुण्डले दोस्रो लेगमा मंगलबार ४-२ को जित दर्ता गर्दा अन्तिम चारमा पुगेको हो । घरेलु मैदानमा भएको दोस्रो लेगको ३४औं मिनेटमा जुलियन ब्रान्ड्टको गोलमा डर्टमुण्डले […]