default_image

3 years ago

August 4, 2021

एरिक्सन इन्टर मिलानमा फर्किए

एजेन्सी – डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सन युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत खेलका दौरान हृदयघात भएपछि उपचार र त्यसपछि विश्राम लिँदै मैदानबाहिर थिए । उनी उक्त घटनापछि पहिलो पटक आफ्नो क्लब इन्टर मिलान फर्किएका छन् । बुधबार क्लब पुगेका उनले आवश्यक स्वास्थ्य परिक्षण गराएका थिए । क्लबका अनुसार उनी शारीरिक र मानसिक रुपमा फिट छन् । तर […]

38 views

0 Bookmark

एजेन्सी – डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सन युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत खेलका दौरान हृदयघात भएपछि उपचार र त्यसपछि विश्राम लिँदै मैदानबाहिर थिए । उनी उक्त घटनापछि पहिलो पटक आफ्नो क्लब इन्टर मिलान फर्किएका छन् ।

बुधबार क्लब पुगेका उनले आवश्यक स्वास्थ्य परिक्षण गराएका थिए । क्लबका अनुसार उनी शारीरिक र मानसिक रुपमा फिट छन् । तर उनले मैदान फर्कन भने अझै केहि समय लाग्नेछ । हृदयघातपछि उनको मुटुमा आइसीडी उपकरण जोडिएको छ । यो प्रयोग गरिरहँदा इटालियन क्लबबाट उनले खेल्ने सम्भावना छैन ।

२९ वर्षीय मिडफिल्डरले उक्त घटनापछि एक साता अस्पतालमा बिताएका थिए । त्यसपछि उनी परिवारसँग डेनमार्क नै रहँदै आएका थिए । बुधबार इन्टरमा परिक्षण गरेपछि उनले पुनरागमनका लागि थप समय लिने भएका छन् । उनले अब कोपेनहेगन फर्केर नै योजना अनुसार नै पुनरागमन गर्न आवश्यक प्रक्रियामा सहभागी हुनेछन् । इन्टरका डाक्टर निरन्तर उनको अवस्थाबारे जानकारीमा रहनेछन् ।

एरिक्सनले इन्टरको प्रशिक्षण अवलोकन गर्दै खेलाडीसँग तस्बिर पनि खिचेका थिए । इन्टरले गत सिजन इटालियन सिरी ए को उपाधि जित्दा उनको प्रदर्शन महत्त्वपूर्ण रहेको थियो । उनले लिगमा २६ खेल खेलेका थिए ।

यो पनि : एरिक्सन घटना र एन्फाको पूर्व तयारी

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.