default_image

3 years ago

August 5, 2021

साल्जवर्गसँग बार्सिलोनाको हार

एजेन्सी – प्रि–सिजनको मैत्रीपुर्ण खेलमा क्याटलान क्लब बार्सिलोनाले अष्ट्रियन क्लब रेडबुल साल्जवर्गसँग हार बेहोरेको छ । बार्सिलोनाले घरेलु टोली साल्जवर्गसँग २–१ को हार बेहोरेको हो । रेडबुल एरिना वाल्स सिजनेहेइनमा बुधबा राति भएको खेलमा घरेलु टोलीको जितमा लुका सुसिस र ब्रेन्डेन आरोनसनले गोल गर्दा बार्सिलोनाका लागि मार्टिन ब्रेथवेटले एक गोल फर्काए । खेलको ४३औं मिनेटमा […]

64 views

0 Bookmark

एजेन्सी – प्रि–सिजनको मैत्रीपुर्ण खेलमा क्याटलान क्लब बार्सिलोनाले अष्ट्रियन क्लब रेडबुल साल्जवर्गसँग हार बेहोरेको छ । बार्सिलोनाले घरेलु टोली साल्जवर्गसँग २–१ को हार बेहोरेको हो ।

रेडबुल एरिना वाल्स सिजनेहेइनमा बुधबा राति भएको खेलमा घरेलु टोलीको जितमा लुका सुसिस र ब्रेन्डेन आरोनसनले गोल गर्दा बार्सिलोनाका लागि मार्टिन ब्रेथवेटले एक गोल फर्काए । खेलको ४३औं मिनेटमा लुका सुसिसको गोलबाट साल्जवर्गले पहिलो हाफमा सुरुवाती अग्रता लिएको थियो ।

८२औं मिनेटमा मार्टिन ब्रेथवेटले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ९०औं मिनेटमा ब्रेन्डेन आरोनसनले गोल गर्दै साल्जवगलाई २–१ को जित दिलाए । बल पोसेसनमा बार्सिलोनाले पकड जमाएपनि साल्जवर्गको बलियो रक्षापङ्तिलाई तोड्न नसक्दा पराजित हुन पुग्यो ।

बार्सिलोनाले साल्जवर्गविरुद्ध मेम्फिस डिपाए, एन्टाइन ग्रिजमन, फ्रान्की डि योङ, सर्जियो बुस्क्वेट्स, जोर्डी अल्वा, क्लेमेन्ट लेङ्लेट, रोनाल्ड एराउजो र सर्जिनो डेस्टलाई पहिलो रोजाईमा उतार्दा सर्जि रोबर्टाे, मार्टिन ब्रेथवेट, स्यामुइल उम्टिटि, रिकी पुच, रिकी पुच र रे मानाजले सब्सिच्युट खेलाडीको रुपमा खेल्ने मौका पाएको थियो ।

बार्सिलोनाले अब ८ अगस्टमा जोन ग्याम्पर ट्रफीमा इटालियन क्लब युभेन्ट्ससँग खेल्नेछ । त्यसपछि बार्सिलोना नयाँ सिजनमा होमिनेछ । साल्जवर्गले अष्ट्रिय वेइनसँग अष्ट्रियन बुन्डेसलिगामा तेस्रो राउन्डको खेल खेल्नेछ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.