default_image

3 years ago

August 5, 2021

लुकाकुलाई फर्काउने चेल्सीको योजना

एजेन्सी – युरोपेली च्याम्पियन चेल्सीले इटालियन च्याम्पियन इन्टर मिलानबाट आफ्नो पूर्व फरवार्ड रोमेलु लुकाकुलाई फिर्ता बोलाउने प्रयास गर्ने भएको छ । ७ वर्षअघि चेल्सी छाडेका फरवार्डलाई अनुबन्ध गर्न चेल्सीले प्रक्रिया थालेको छ । बेल्जियन फरवार्डले पछिल्लो समय उच्च लयमा खेल्दै आएका छन् । सन् २०११ मा चेल्सीमा अनुबन्धित भएका फरवार्डले सिनियर टोलीमा अवसर नपाएपछि क्लब […]

32 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन चेल्सीले इटालियन च्याम्पियन इन्टर मिलानबाट आफ्नो पूर्व फरवार्ड रोमेलु लुकाकुलाई फिर्ता बोलाउने प्रयास गर्ने भएको छ । ७ वर्षअघि चेल्सी छाडेका फरवार्डलाई अनुबन्ध गर्न चेल्सीले प्रक्रिया थालेको छ ।

बेल्जियन फरवार्डले पछिल्लो समय उच्च लयमा खेल्दै आएका छन् । सन् २०११ मा चेल्सीमा अनुबन्धित भएका फरवार्डले सिनियर टोलीमा अवसर नपाएपछि क्लब छाडेका थिए । २८ वर्षीय फरवार्डले युरोमा पनि बेल्जियमका लागि प्रभावशाली प्रदर्शन गरेपछि चेल्सीले उनलाई अनुबन्ध गर्ने मुख्य लक्ष्य बनाएको छ ।

चेल्सीले गत साता उनलाई अनुबन्ध गर्न ८५ मिलियन पाउण्डको प्रस्ताव राखेको थियो । इन्टरले भने कुनै हालतमा फरवार्डलाई जान नदिने अडान राखेको छ । लुकाकुले यसअघि आफू इन्टरमा नै खुसी रहेको बताएपनि चेल्सीले आकर्षक रकमको प्रस्ताव राखे ट्रान्सफरको सम्भावना रहेको बुझिएको छ ।

इन्टर आर्थिक रुपमा संघर्ष गरिरहेका कारण सम्भावना जीवित रहेको हो । पहिलो प्रस्तावमा असफल भएपछि चेल्सीले अन्य खेलाडीसमेत समेटेर प्रस्तावको तयारी गर्दैछ । इन्टरको नजरमा रहेका डिफेन्डर मार्कोस अलोन्सोलाई ट्रान्सफरमा समावेश गर्ने सम्भावना रहेको छ ।

यसअघि सन् २०१४ मा चेल्सीले लुकाकुलाई १५ खेलमा मात्र अवसर दिएपछि एभर्टनलाई बेचेको थियो । उनी सन् २०१७ मा ७५ मिलियन पाउण्डमा म्यानचेस्टर युनाइटेड पुगे । युनाइटेडमा २ सिजन बिताएपछि उनी इटाली पुगेका थिए ।

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

Success

Thank you for your time.