default_image

3 years ago

August 5, 2021

मेस्सी सम्झौता हस्ताक्षर गर्न बार्सिलोनामा

एजेन्सी – अर्जेन्टिना फरवार्ड लिओनेल मेस्सी क्याटलान क्लब बार्सिलोनासँग नयाँ सम्झौता गर्न आफ्नो छुट्टि सकेर बार्सिलोना सहर फर्किएका छन् । इबिजा बिचमा छुट्टि मनाइरहेका मेस्सीले आज नै नयाँ सम्झौता गर्ने बुझिएको छ । मेस्सीले गत सिजनको अन्त्यसँगै आफ्नो सम्झौता सकिएपनि राष्ट्रिय टोलीमा ध्यान दिने जनाउँदै नवीकरण गर्न मानेका थिएनन् । उनले क्लबमा नयाँ अध्यक्ष आएपछि […]

60 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिना फरवार्ड लिओनेल मेस्सी क्याटलान क्लब बार्सिलोनासँग नयाँ सम्झौता गर्न आफ्नो छुट्टि सकेर बार्सिलोना सहर फर्किएका छन् ।

इबिजा बिचमा छुट्टि मनाइरहेका मेस्सीले आज नै नयाँ सम्झौता गर्ने बुझिएको छ । मेस्सीले गत सिजनको अन्त्यसँगै आफ्नो सम्झौता सकिएपनि राष्ट्रिय टोलीमा ध्यान दिने जनाउँदै नवीकरण गर्न मानेका थिएनन् । उनले क्लबमा नयाँ अध्यक्ष आएपछि आफू अन्यत्र नजाने विश्वास भने क्लबलाई दिलाएका थिए ।

क्लब र खेलाडीबीच नयाँ सम्झौताका लिग मौखिक सहमति भएपनि आज भने औपचारिक रुपमा सम्झौता हुन लागेको हो । मेस्सीले नयाँ सम्झौता गरेसँगै बार्सिलोनाले लामो समयदेखि उनलाई क्लबमा राख्न गरेको कसरत सार्थक हुनेछ । मेस्सीले ३ वर्षभन्दा बढी समयका लागि सम्झौता गर्ने बुझिएको छ ।

आर्थिक समस्याबाट गुज्रिरहेको बार्सिलोनाले ला लिगाबाट केहि रकम पाउने पक्का भएपछि अनुबन्ध प्रक्रियाले गति लिएको हो । अमेरिकी लगानीकर्ता संस्था सिभिसीले ला लिगामा ठूलो रकम लगानी गरेपछि हरेक क्लबझैं बार्सिलोनाले पनि केहि रकम पाएको हो । बार्सिलोनाले अझै लिगको नियम अनुसार आफ्नो तलब स्केल भने घटाउनुपर्ने दबाब छ ।

मेस्सीले क्लब अर्जेन्टिनाबाट कोपा अमेरिका उपाधि जितेसँगै दबाबबाट मुक्त भएका छन् । अन्तर्राष्ट्रिय उपाधिको खडेरीका कारण निकै आलोचना खेप्दै आएका उनले अब क्लब फुटबलमा ध्यान दिन पाउनेछन् । यद्यपि उनको नजर अर्को वर्ष कतारमा हुने विश्वकपमा पनि रहनेछ ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.