default_image

3 years ago

August 9, 2021

साफ च्याम्पियनसिप माल्दिभ्समा हुने

सुबास हुमागाईं, काठमाडौं दक्षिण एसियाली फुटबलको सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनसिप माल्दिभ्समा आयोजना हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को सोमबार बसेको बैठकले अक्टोबरमा हुने साफ माल्दिभ्समा गर्ने निर्णय गरेको हो । हाललाई प्रतियोगिता अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा आयोजना गर्ने निर्णय भएको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए । उनले स्वास्थ्य […]

100 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

दक्षिण एसियाली फुटबलको सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनसिप माल्दिभ्समा आयोजना हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को सोमबार बसेको बैठकले अक्टोबरमा हुने साफ माल्दिभ्समा गर्ने निर्णय गरेको हो ।

हाललाई प्रतियोगिता अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा आयोजना गर्ने निर्णय भएको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए । उनले स्वास्थ्य मापदण्ड मध्यनजर गर्दै तालिकामा केहि फेरबदल हुन सक्ने बताए ।

साफमा ५ राष्ट्र सहभागी हुने भनिएपनि भुटानले समेत सहभागी हुने सम्भावना बढेको छ । भुटान सरकारले साफमा सहभागी हुन सकारात्मक छलफल गरेकाले ३ दिनमा भुटानले यकिन निर्णय दिने भएको छ । पाकिस्तान भने सहभागी हुने छैन ।

गत संस्करण बंगलादेशमा माल्दिभ्सले उपाधि जितेको थियो । नेेपाल सेमिफाइनलमा माल्दिभ्ससँग पराजित भएको थियो । नेपाल हालसम्म फाइनल पुग्न सकेको छैन ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.