default_image

3 years ago

August 9, 2021

अभिषेक लिग च्याम्पियन मछिन्द्रमा अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका फरवार्ड अभिषेक रिजाल लिग च्याम्पियन मछिन्द्र क्लबमा फर्किएका छन् । क्लबले अभिषेक रिजाललाई आसन्न ‘ए’ डिभिजन लिग र राष्ट्रिय लिगलाई मध्यनजर गर्दै क्लबमा फर्काएको हो । अभिषेकले सोमबार मछिन्द्रसँग औपचारिक रुपमा सम्झौतामा हस्ताक्षर गरेको हो । क्लबका तर्फबाट अध्यक्ष सुनिल कपाली र अभिषेकले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए […]

52 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका फरवार्ड अभिषेक रिजाल लिग च्याम्पियन मछिन्द्र क्लबमा फर्किएका छन् । क्लबले अभिषेक रिजाललाई आसन्न ‘ए’ डिभिजन लिग र राष्ट्रिय लिगलाई मध्यनजर गर्दै क्लबमा फर्काएको हो ।

अभिषेकले सोमबार मछिन्द्रसँग औपचारिक रुपमा सम्झौतामा हस्ताक्षर गरेको हो । क्लबका तर्फबाट अध्यक्ष सुनिल कपाली र अभिषेकले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । अभिषेक पछिल्लो समय भारतीय क्लब ऐजवालमा आबद्ध थिए । त्यसअघि उनले घरेलु फुटबलमा मनाङबाट खेलेका थिए ।

‘ए’ डिभिजन लिग २९ कात्तिकबाट हुने तालिका छ । राष्ट्रिय लिगको मिति घोषणा गरिएको छैन । मछिन्द्रले यसअघि राष्ट्रिय टोलीका युवा फरवार्ड मनिष डाँगीलाई अनुबन्ध गरिसकेको छ । मछिन्द्रले अघिल्लो सिजनकै अधिकांश खेलाडीलाई क्लबमा राख्ने बुझिएको छ । केहि खेलाडीले भने क्लब छाडिसकेका छन् ।

२०७६ को लिग दौरान नै मछिन्द्रसँगको सम्झौता रद्ध गर्दै अभिषेक माल्दिभ्सको दोस्रो श्रेणीको लिगका लागि जेजे स्पोर्ट्समा अनुबन्धित भएका थिए । त्यहाँको लिग सकिए लगत्तै उनले ‘ए’ डिभिजन क्लब मनाङबाट मोफसलका केही प्रतियोगिता खेलेका थिए । त्यसपछि अभिषेक मोहमडन स्पोर्टिङ क्लबबाट आइ लिगमा छनोट खेल खेलेको थियो ।

त्यसपछि उनी आइ लिग क्लब ऐजवाल फुटबल क्लबमा आबद्ध भएका थिए । गत जेठमा सम्पन्न नेपाल सुपर लिग (एनएसएल) मा उनले बुटवल लुम्बिनी एफसीबाट खेलेका थिए । नेपाली टोलीले गत महिना स्वदेशमा आयोजना भएको थ्री नेसन्स कप जित्दा अभिषेक त्यसका सदस्य थिए । बंगलादेशलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.