default_image

3 years ago

August 9, 2021

सातदोबाटोलाई स्टार अस्पतालको साथ

काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन क्लब सातदोबाटो युथ क्लबसँग स्टार अस्पताल लिमिटेड मेडिकल पार्टनरको रुपमा जोडिएको छ । सातदोबाटो युथ क्लब सातदोबाटो ललितपुर र स्टार अस्पताल लिमिटेड सानेपा ललितपुरबीच सोमबार एक वर्षको लागि सम्झौता भएको हो । सम्झौतामा स्टार अस्पतालका तर्फबाट अध्यक्ष किशोर महर्जन र क्लबको तर्फबाट अध्यक्ष कपिल रानामगरले हस्ताक्षर गर्दै आदान–प्रदान गरे […]

40 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन क्लब सातदोबाटो युथ क्लबसँग स्टार अस्पताल लिमिटेड मेडिकल पार्टनरको रुपमा जोडिएको छ ।

सातदोबाटो युथ क्लब सातदोबाटो ललितपुर र स्टार अस्पताल लिमिटेड सानेपा ललितपुरबीच सोमबार एक वर्षको लागि सम्झौता भएको हो । सम्झौतामा स्टार अस्पतालका तर्फबाट अध्यक्ष किशोर महर्जन र क्लबको तर्फबाट अध्यक्ष कपिल रानामगरले हस्ताक्षर गर्दै आदान–प्रदान गरे ।

सम्झौता कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर साहिल रुपाखेती, डा. सन्जय भट्टचन र क्लबका महासचिव सुनिल विष्ट, सचिव रविन खड्का, व्यवस्थापक विनोद राई, सदस्य प्रकाश मानन्धर र पारस महर्जन लगायतको उपस्थिति रहेको थियो ।

सम्झौताअनुसार क्लबले अस्पतालबाट विभिन्न स्वास्थ सेवा पाउनेछ । क्लबले पनि अस्पतालको विविध माध्यमबाट प्रचार–प्रसार गर्नेछ ।पहिलोपटक ‘ए’ डिभिजन लिग खेल्ने तयारीमा रहेको सातदोबाटोले लिगलाई लक्षित गर्दै खेलाडी अनुबन्धमा आक्रमक रुपमा अघि बढेको छ ।

क्लबले लिगलाई लक्षित गर्दै पिटर सेगुन, मानबहादुर तामाङ, स्यान्सु भुसाल, आदिल हामिद, बसन्त तामाङ, अभिषेक बराल, आशिष राई, सुदिप गुरुङ, प्रकाश पुन, करण रावत र रन्जन पुन लगायतका खेलाडी अनुबन्ध गरिसकेको छ । यस्तै बसन्त ओझा, प्रशान्त अवस्थी, सनम राई र महेन्द्र कार्कीलाई क्लबमा अनुबन्ध गरिसकेको छ । ‘ए’ डिभिजन लिग २९ कात्तिकबाट हुने तयारी छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.