default_image

3 years ago

August 10, 2021

अगुएरो १० साता मैदान बाहिर

एजेन्सी – यसै समरमा क्याटलान क्लब बार्सिलोना पुगेका अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरो कम्तीमा पनि १० साता मैदान बाहिर रहने क्लबले जनाएको छ । बार्सिलोनाले आफ्नो फरवार्ड कम्तीा पनि १० साता मैदान बाहिर रहने पक्का गरेको छ । दायाँ खुटको काल्फ इन्ज्युरीका कारण उनी लामो समय मैदान बाहिर रहने भएका हुन् । अब चोटका कारण अगुएरोले […]

114 views

0 Bookmark

एजेन्सी – यसै समरमा क्याटलान क्लब बार्सिलोना पुगेका अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरो कम्तीमा पनि १० साता मैदान बाहिर रहने क्लबले जनाएको छ ।

बार्सिलोनाले आफ्नो फरवार्ड कम्तीा पनि १० साता मैदान बाहिर रहने पक्का गरेको छ । दायाँ खुटको काल्फ इन्ज्युरीका कारण उनी लामो समय मैदान बाहिर रहने भएका हुन् । अब चोटका कारण अगुएरोले बार्सिलोनाबाट डेब्युको पर्खनुपर्ने भएको छ ।

अब उनी अक्टोवरको मध्यतिरबाट मात्रै उपलब्ध हुन सक्नेछ । उनले रियल सोसिडाड, एथलेटिको बिल्वाओ, गेटाफे सेभिया, क्याडिज, लेभान्टे, एट्लेटिको म्याड्रिड र भ्यालेन्सियाविरुद्धको खेल गुमाउनेछन् ।

उनले अक्टोवर २४ मा हुने रियल म्याड्रिडविरुद्धको ‘एल क्लासिको’ बाट पूनरागमन गर्न सक्नेछन् । ३३ वर्षीय अगुएरो र चोट परिपुरक जस्तै बनेको छ । गत सिजन चोटकै कारण अगुएरोले सिटीमा १७ खेलमा मात्रै मौका पाउँदा २४ खेल गुमाएका थिए ।

अर्जेन्टिनी फरवार्ड यसै समरमा इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट फ्रि एजेन्टमार्फत नोउक्याम्पमा आइपुगेको थिए । तर उनी आधिकारिक रुपमा बार्सिलोनाको खेलाडीको रुपमा दर्ता हुन सकेका छैनन् ।

ठुलो आर्थिक संकट बेहोरी रहेको बार्सिलोनाले अगुएरोलगायत अन्य खेलाडीलाई दर्ता गर्न सकेको छैन् । आर्थिक संकटकै कारण एगुएरोले आफ्ना अर्जेन्टिनी सहयात्रीले क्लब छाडेको प्रत्यक्ष देखेको छ ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.