default_image

3 years ago

August 10, 2021

हाजार्ड पहिलो खेलमै खेल्ने सम्भावना

एजेन्सी – रियल म्याड्रिडले अलाभेससँग खेल्दै ला लिगाको नयाँ सिजनको सुरुवात गर्दैछ । सोही खेलबाट इडन हाजार्डले पूनरागमन गर्ने सम्भावना छ । बेल्जियन विङरले गएको शनिबारबाट टोलीका अन्य सदस्यसँग अभ्यास गरिरहेका छन् । जसका कारणले पनि उनी पहिलो खेलमै उत्रने सम्भावना रहेको छ । युरो २०२० का दौरान उनलाई चोट लागेको थियो । त्यसो त […]

40 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडले अलाभेससँग खेल्दै ला लिगाको नयाँ सिजनको सुरुवात गर्दैछ । सोही खेलबाट इडन हाजार्डले पूनरागमन गर्ने सम्भावना छ ।

बेल्जियन विङरले गएको शनिबारबाट टोलीका अन्य सदस्यसँग अभ्यास गरिरहेका छन् । जसका कारणले पनि उनी पहिलो खेलमै उत्रने सम्भावना रहेको छ । युरो २०२० का दौरान उनलाई चोट लागेको थियो । त्यसो त गत सिजन पनि चोटका कारण उनले धेरै समय मैदान बाहिर बिताउनु परेको थियो ।

हाजार्डसँगै अन्य महत्वपूर्ण खेलाडीले अलाभेसविरुद्ध खेल्ने सम्भावना रहेको बताइएको छ । जसमा ग्यारेथ बेल, भिनिसियस जुनियर, इडेर मिलिटो र कासिमेरो छन् । उनीहरु सबैले प्रि सिजनमा खेलेका छन् ।

प्रशिक्षक कार्लो एन्सेलोटीसँग टोलीका महत्वपूर्ण खेलाडी उपलब्ध छन् । त्यसमध्ये करिम बेन्जेमाले भने खेल्न सम्भावना कम छ । कारण उनी बुधबारबाट मात्रै टोलीको अभ्यासमा सामेल भएका हुन् । उनी कोरोना संक्रमणबाट मुक्त भएको ११ दिनमै रियलले पहिलो खेल खेल्दैछ । त्यसैले रियलले उनलाई खेलाएर जोखिम उठाउने सम्भावना कम छ ।

अन्य ४ खेलाडीले भने सिजनको पहिलो खेल गुमाउने निश्चित छ । जसमा टोनी क्रुस, फर्लान्ड मेन्डी, डानी कार्भाजाल र अल्भारो अ‍ोड्रिअ‍ोजोला छन् ।

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

Success

Thank you for your time.