default_image

3 years ago

August 10, 2021

मेस्सी र पिएसजीबीच सम्झौतामा सहमति

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग सम्झौता पक्का गरेका छन् । फ्रि एजेन्ट मेस्सीले दुई वर्षका लागि पिएसजीसँग सम्झौताका लागि सहमति जनाएका हुन् । गत विहीबार बार्सिलोनाले मेस्सी क्लबमा नरहने बताएपछि पिएसजीसँग सम्पर्क सुरु भएको थियो । द एथ्लेटिकका अनुसार लगातारको छलफलपछि दुई पक्ष सहमतिमा आएका हुन् । […]

121 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग सम्झौता पक्का गरेका छन् । फ्रि एजेन्ट मेस्सीले दुई वर्षका लागि पिएसजीसँग सम्झौताका लागि सहमति जनाएका हुन् ।

गत विहीबार बार्सिलोनाले मेस्सी क्लबमा नरहने बताएपछि पिएसजीसँग सम्पर्क सुरु भएको थियो । द एथ्लेटिकका अनुसार लगातारको छलफलपछि दुई पक्ष सहमतिमा आएका हुन् । मेस्सीका पिता तथा एजेन्ट जोर्गे मेस्सीले पिएसजीसँग निरन्तर सम्पर्कमा रहेर चाँडै सम्झौता टुंगो लगाएका थिए ‌।

मेस्सीले पिएसजीसँग २ वर्षको सम्झौता गर्नेछन् । उनिसँग थप एक वर्ष सम्झौता लम्ब्याउने विकल्प पनि रहनेछ । पिएसजीले फ्रि एजेन्ट मेस्सीलाई २५ मिलियन युरो हस्ताक्षर गरेवापत र प्रति वर्ष २५ मिलियन युरोमा अनुबन्धन गरेको हो । थप एक वर्ष भएमा सोहि रकम हुने उल्लेख छ ‌‌।

यसबीच बार्सिलोनाले आइतबार मेस्सीलाई क्लबमा नै राख्न एक विकल्प अघि सारेको चर्चा चलेपनि अ‍ौपचारिक रुपमा भने त्यो प्रस्ताव नआएको बुझिएको छ ‌। बार्सिलोनाले अर्जेन्टिनी क्लब नेवेल्स अ‍ोल्ड ब्वाइजसँग सहकार्य गर्ने चर्चा चलेपनि त्यसमा मेस्सीले इच्छा देखाएनन् ।

पिएसजीले अब चाँडै मेस्सीलाई अ‍ौपचारिक रुपमा सार्वजनिक गर्नेछ । मेस्सीको प्रतिक्षामा आइतबार नै हजारौं समर्थक पेरिसमा भेला भएका थिए । पिएसजीले आजका लागि आएफिल टावर बुक गरेकाले सार्वजनिक कार्यक्रम हुने सम्भावना पनि छ ।

यो पनि : मेस्सीबिना बार्सिलोना कस्तो होला ?

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

April 22, 2024

कोशी प्रहरी मिल्स गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर चौंथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरको जुटमिलको खेलमैदानमा सोमबार भएको अन्तिम क्वाटरफाइनल खेलमा साविक विजेता गोलबजार स्पोर्टिङ क्लब सिराहलाई पेनाल्टी सुटआउट ४–३ ले हराउँदै प्रहरी सेमिफाइनलमा पुगेको हो । प्रहरीले अब फाइनल प्रवेशको लागि बिहीबार घरेलु टोली पेमा युवा क्लब […]

Success

Thank you for your time.