default_image

3 years ago

August 11, 2021

मेस्सी, एमबाप्पे र नेयमार अर्थात ‘एमएमएन’

एजेन्सी – लियोनेल मेस्सी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेसँगै उनी आफ्नो मिल्ने सहयात्री नेयमारसँग पुर्नमिलन हुनेछ । र यो जोडीले एकपटक फेरि एकैपटक आक्रमण सम्हालेछन् । क्याटलान क्लब बार्सिलोनामा ‘एमएसएन’ को आक्रमक त्रिमुर्ति चर्चित बन्दा अब पीएसजीमा ‘एमएमएन’ को ट्रिओ रहनेछन् । मेस्सी, सुआरेज र नेयमारको सहकार्यले विश्व फुटबलमा तहल्का मच्चाएको थियो । […]

77 views

0 Bookmark

एजेन्सी – लियोनेल मेस्सी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेसँगै उनी आफ्नो मिल्ने सहयात्री नेयमारसँग पुर्नमिलन हुनेछ । र यो जोडीले एकपटक फेरि एकैपटक आक्रमण सम्हालेछन् ।

क्याटलान क्लब बार्सिलोनामा ‘एमएसएन’ को आक्रमक त्रिमुर्ति चर्चित बन्दा अब पीएसजीमा ‘एमएमएन’ को ट्रिओ रहनेछन् । मेस्सी, सुआरेज र नेयमारको सहकार्यले विश्व फुटबलमा तहल्का मच्चाएको थियो । अब यसमा सुआरेजको स्थानमा केलियन एमबाप्पे रहनेछन् ।

मेस्सी, एमबाप्पे र नेयमारको ट्रिओलाई विश्व फुटबलकै उत्कृष्ट अग्रपंक्तिको रुपमा हेरिएको छ । यसले एमएसएनको विरासत बिर्साउने प्रयास गर्नेछ । जतिबेला स्पेनिस क्लब रियल म्याड्रिडमा पनि बेल, बेन्जेमा र रोनाल्डो (बीबीसी) को जोडी पनि जमेको थियो । यि तीनको अग्रपङ्ति रहँदा रियलले थुप्रै सफलता हात पारेको थियो ।

सन् २०१४ मा उरुग्वेली लुइस सुआरेज इंग्लिस क्लब लिभरपुलबाट बार्सिलोना आएपछि मेस्सी, सुआरेज र नेयमारको ट्रिओले तीन सिजन सँगै खेलेका थिए । नेयमार सन् २०१७ मा पीएसजी पुगे । सन् २०२० मा सुआरेज अर्काे स्पेनिस क्लब एट्लेटिको म्याड्रिड पुग्दा मेस्सीले यो सिजन नचाहँदा नचाहँदै बार्सिलोना छाड्नुपरेको थियो ।

मेस्सी, सुआरेज र नेयमारको ट्रिओले तीन सिजन खेल्दा एक आपसमा ३६४ गोल गर्दा एक आपसमै १७३ असिस्ट दिएका थिए । यो अवधिमा बार्सिलोनाले २ ला लिगा, ३ कोपा डेल रे, समान एक च्याम्पिउन्स लिग, युइएफए सुपर कप, फिफा क्लब विश्वकप र सुपर कोपा जितेका थिए ।

सुआरेजको ठाउँमा एमबाप्पे

तीन सिजन, ९ उपाधि ५ सय बढी गोल र असिस्ट । यो मेस्सी, सुआरेज र नेयमारले बार्सिलोनामा रहँदा रचेको इतिहास हो । अब यसमा सुआरेज हुनेछैन । उनको स्थानमा एमबाप्पे रहनेछन् । ‘एमएमएन’ लाई यो चुनौती पार गर्नुपर्ने दवाव छ । तर पीएसजीमा एमबाप्पेको भविष्य अनिश्चित छ ।

बार्सिलोनामा मेस्सी र नेयमारको नाम बढी चर्चामा आएपनि सुआरेज पनि टोलीमा प्रमुख खेलाडी थिए । वास्तवमा सुआरेजको प्रतिभा गत सिजन गज्जवकै देखिएको थियो । उनी प्रेरित एट्लेटिको म्याड्रिडले बार्सिलोना र रियल म्याड्रिडको दवदवा तोड्दै ला लिगाको उपाधि जित्न सफल भएको थियो । २२ वर्षीय फ्रान्सेली युवा स्टार विश्व फुटबलको भविष्यको पोस्टर ब्वाय हुन सक्छन् । उनी विश्वको उत्कृष्ट खेलाडी हुन सक्ने आँकलन गरिएको छ । तर अब यो ट्रिओमा ट्रिओसँगै एमबाप्पेले कसरी खेल्छन् । त्यो हेर्न बाँकी छ ।

एमबाप्पेले आफुलाई सुधार गरिरहेका छन् । ३४ वर्षीय मेस्सी सर्वश्रेष्ठ खेलाडी भइसकेका छन् । अब उनले पीएसजीमा कस्तो जादु देखाउने हो । त्यो हेर्न बाँकी छ । उनले एमएसएनको ट्रिओमा हरेक सिजन ५१ गोलको आँकडामा गोल गरेका थिए । पछिल्लो सिजन उनले ४० को आँकडामा गोल गरिरहेका छन् ।

पीएसजी आएको सिजनदेखि नै चोटसँग जुधेको नेयमारले बार्सिलोनाको तुलनामा कम गोल गरेका छन् । उनले गत सिजन मात्रै १७ गोल गरेका थिए । जुन उनले सन् २०१३–१४को सिजमा बार्सिलोनामा गरेभन्दा कम गोल हो । जब कि पीएसजीमा एमबाप्पे भन्दा नेयमारकै छवि राम्रो छ । अब एमबाप्पे के गर्छन । एमबाप्पेले मेस्सीसँग कस्तो सम्बन्ध राख्छन् । यि तीनको जोडी प्रशिक्षक मौरिसियो पोचेटिनोको लागि एक अवसर र चुनौती हुनेछ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.