default_image

3 years ago

August 11, 2021

चेल्सीले लुकाकु अनुबन्धन गर्ने

एजेन्सी – बेल्जियन फरवार्ड रोमेलु लुकाकु इंग्लिस क्लब चेल्सी आउने भएका छन् । इटालियन च्याम्पियन इन्टर मिलान छोडेर लुकाकु आफ्नै पूर्व क्लब आउन लागेका हुन् । लुकाकुले चेल्सीसँग व्यक्तिगत सम्झौतामा सहमति गरेपछि इन्टर र चेल्सीबीच पनि ट्रान्सफर रकमबारे छलफल भएको थियो । दुवै पक्ष सहमत भएपछि लुकाकु अब औपचारिक रुपमा अनुबन्धन गर्न इंग्ल्यान्ड आउने क्रममा […]

37 views

0 Bookmark

एजेन्सी – बेल्जियन फरवार्ड रोमेलु लुकाकु इंग्लिस क्लब चेल्सी आउने भएका छन् । इटालियन च्याम्पियन इन्टर मिलान छोडेर लुकाकु आफ्नै पूर्व क्लब आउन लागेका हुन् ।

लुकाकुले चेल्सीसँग व्यक्तिगत सम्झौतामा सहमति गरेपछि इन्टर र चेल्सीबीच पनि ट्रान्सफर रकमबारे छलफल भएको थियो । दुवै पक्ष सहमत भएपछि लुकाकु अब औपचारिक रुपमा अनुबन्धन गर्न इंग्ल्यान्ड आउने क्रममा छन् । २८ वर्षीय फरवार्डले चेल्सीसँग ५ वर्ष सहमति गर्ने बुझिएको छ । उनले प्रति साता २ लाख पाउण्ड बुझ्नेछन् ।

चेल्सीले यसअघि लुकाकुका लागि गरेको दुई प्रस्ताव इन्टरले अस्विकार गरेको थियो । दोस्रो प्रस्ताव भने ८५ मिलियन पाउण्डसँगै डिफेन्डर मार्कोस अलोन्सो इन्टर जाने रहेको थियो । उक्त प्रस्ताव अस्विकार गरेपछि चेल्सीले क्लब कीर्तिमानी रकम प्रस्ताव गरेको हो । चेल्सीको ९७.५ मिलियन पाउण्ड (१ सय १५ मिलियन युरो) को प्रस्ताव इन्टरले स्वीकारेको हो ।

लुकाकुले सन् २०१४ मा चेल्सीको सिनियर टोलीबाट मात्र १५ खेल खेल्दै क्लब छाडेका थिए । सन् २०११ मा आन्द्रेलेक्टबाट उनी चेल्सी आएका थिए । सन् २०१४ देखि २०१७ मा एभर्टनबाट खेलेका उनले १ सय ६६ खेलमा ८७ गोल गरे । त्यसपछि दुई सिजन म्यानचेस्टर युनाइटेडमा बिताएका उनले ९६ खेलमा ४२ गोल गरेका थिए ।

सन् २०१९ मा इन्टर मिलान पुगेका लुकाकुले गत सिजन टोलीलाई ११ वर्षपछि लिग जिताएका थिए । उनले लिगमा २४ गोल गरेका थिए । चेल्सीले लुकाकुलाई आज नै अनुबन्ध गर्ने तयारी गरिरहेको छ । चेल्सीले आज भिल्लारियलविरुद्ध हुने यूईएफए सुपर कपमा पनि उनलाई समावेश गर्ने विकल्प रहेको छ ।

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

April 17, 2024

सानेपाको जित, समाज कल्याण र खालिबारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]

Success

Thank you for your time.