default_image

3 years ago

August 11, 2021

मेस्सी – ‘च्याम्पियन्स लिग जित्ने लक्ष्य बोकेर पिएसजी आएको हुँ’

एजेन्सी – पेरिस सेन्ट जर्मेनका अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले आफू च्याम्पियन्स लिग जित्ने लक्ष्य बोकेर फ्रान्सेली क्लबमा आबद्ध भएको बताएका छन् । मंगलबार ट्रान्सफर प्रक्रिया सकिएपछि बुधबार आयोजित पत्रकार सम्मेलनमा मेस्सी र क्लबका अध्यक्ष नासेर अल खलिफाले आफ्नो अभिव्यक्ति दिएका थिए । उनीहरुले पत्रकारबाट प्रश्नको उत्तर पनि फर्काएका थिए । अध्यक्ष खलिफाले मेस्सीलाई पिएसजीसंग आबद्ध […]

65 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेनका अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले आफू च्याम्पियन्स लिग जित्ने लक्ष्य बोकेर फ्रान्सेली क्लबमा आबद्ध भएको बताएका छन् । मंगलबार ट्रान्सफर प्रक्रिया सकिएपछि बुधबार आयोजित पत्रकार सम्मेलनमा मेस्सी र क्लबका अध्यक्ष नासेर अल खलिफाले आफ्नो अभिव्यक्ति दिएका थिए । उनीहरुले पत्रकारबाट प्रश्नको उत्तर पनि फर्काएका थिए ।

अध्यक्ष खलिफाले मेस्सीलाई पिएसजीसंग आबद्ध भएकोमा धन्यवाद व्यक्त गरे । उनले क्लबले दशकअघि एक लक्ष्य बनाएर सुरु गरेको यात्राले अपेक्षित सफलता हासिल गरेको र मेस्सीको आगमनले अब क्लब अझ अघि बढ्ने बताए । उनले क्लबमा खेलकुद निर्देशक लिओनार्डोलाई विशेष धन्यवाद दिँदै समर्थकहरुलाई थप खुसीको खबर दिन तत्पर रहेको बताए ।

मेस्सीले भने पिएसजी रोज्नु आफ्नो लागि निकै कठिन निर्णय भएको बताए । उनले क्लबलाई धन्यवाद दिँदै पेरिस आएपछि निकै उत्साह थपिएको बताए । मेस्सीले समर्थकबाट पाएको साथबाट आश्चर्यमा पारेक जनाउँदै आफू प्रशिक्षणमा उत्रन आतुर रहेको अभिव्यक्ति दिए । उनले पिएसजी सधैं उपाधिका लागि प्रतिस्पर्धा गर्ने टोली रहेको र एकसाथ सबै लक्ष्य हासिल गर्न अघि बढ्ने बताए ।

मेस्सीले बार्सिलोनासँग भएको घटनालाई अनपेक्षित रहेको बताउँदै त्यसबाट अघि बढ्नु समयको माग रहेको बताए । ‘ गत साता मलाई जे भयो, निकै कठिन थियो । भावनात्मक रुपमा पनि मलाई निकै गाह्रो भयो । अब म र मेरो परिवार नयाँ सुरुवातलाई लिएर उत्साहित छौं । अघिल्लो साता जे भयो, त्यसलाई समयसँगै अघि लग्नुपर्छ ।’

मेस्सीले आफू कहिले डेब्यु गर्ने भन्नेबारे अहिले यकिन भन्न नसकिने बताए । ‘ म भर्खर छुट्टिबाट फर्केको छु । अब केहि समय प्रि-सिजन बिताएर म ठिक अवस्थामा आउन चाहन्छु । प्राविधिक टोलीसँग नजिक रहेर मिहिनेत गर्नेछु ,’ उनले भने ।

मेस्सीले पिएसजीका समर्थकको साथले आफू निकै प्रभावित भएको बताए । ‘म समर्थकहरु प्रति आभारी छु । मैले बार्सिलोनामा रहँदा नै पेरिसमा भिड जम्मा भएको थाहा पाएँ । जब यहाँ आएर समर्थन देखें, विश्वास गर्न सकिन । म सबैलाई धन्यवाद दिन्छु र आशा छ रंगशालामा हेर्न पाउनेछु । हामी सक्दो राम्रो खेलेर सबैलाई खुसी पार्नेछौं,’ उनले थपे ।

मेस्सीले पिएसजी र आफ्नो लक्ष्य च्याम्पियन्स लिग जित्नु रहेकोले पनि धेरै सोच्नु नपरेको बताए । ‘बार्सिलोनामा बस्न नसक्ने पक्का भएपछि मैले भविष्यबारे सोच्नु थियो । पिएसजी र मेरो व्यक्तिगत लक्ष्य च्याम्पियन्स लिग जित्नु हो । म ठूलो क्लबबाट ठूला प्रतियोगिता जित्न चाहन्छु । क्लब र मेरो लक्ष्य मिल्ने भएर नै यहाँ आएको हुँ,’ उनले भने ।

‘बार्सिलोनासँग कहीले खेल हुन्छ थाहा छैन । तर बार्सिलोना फर्कन पाउँदा राम्रो लाग्छ । आशा गरौं खेल भएको खण्डमा समर्थक पनि भएको अवस्था हुनेछ । क्याम्प नोउमा अर्को जर्सी लगाएर खेल्दा कस्तो हुन्छ सोचेको छैन, तर हेर्दै जाउँ,’ उनले भने ।

पिएसजीका अध्यक्ष खलिफाले मेस्सीलाई अनुबन्ध गर्दा क्लबले आर्थिक रुपमा कुनै समस्या नभएको प्रष्ट पारे । ‘हामी आर्थिक रुपमा राम्रो स्थितिमा छौं । हामी सधैं नियममा रहेर नै काम गर्छों । मेस्सीको आगमनपछि जुन किसिमको नतिजा आएको छ, मैले सोचेको थिइनँ । आशा गरौं मेस्सीले यो देखेर आफ्नो तलब बढाउन भन्दैनन्, तर तीन दिनमा हामीले कहिले नसोचेको नतिजा मैदानबाहिर पाएका छौं । अब मैदानभित्र मेस्सीबारे धेरै भन्नु पर्दैन । आशा छ उनले टोलीसँग मिलेर सफलता दिलाउनेछन्,’ उनले थपे ।

यो पनि : पिएसजीमा मेस्सीको नयाँ यात्रा सुरु

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.