default_image

3 years ago

August 12, 2021

जापानी स्टार कुवो रियल मलोर्कामा

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका जापानी युवा स्टार ताकेफुसा कुवो ला लिगा क्लब रियल मर्लाेकामा फर्किएका छन् । उनी एक सिजनका लागि लोनमा पुनः रियल मलोर्का पुगेका हुन् । २० वर्षीय कुवोले २०१९–२० को सिजनमा लोनमै मलोर्काबाट खेलेका थिए । तर, उनले मलोर्कालाई रेलिगेसन बचाउन सकेनन् । मलोर्का रेलिगेसनमा परेको एक सिजन पछि नै […]

33 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका जापानी युवा स्टार ताकेफुसा कुवो ला लिगा क्लब रियल मर्लाेकामा फर्किएका छन् । उनी एक सिजनका लागि लोनमा पुनः रियल मलोर्का पुगेका हुन् ।

२० वर्षीय कुवोले २०१९–२० को सिजनमा लोनमै मलोर्काबाट खेलेका थिए । तर, उनले मलोर्कालाई रेलिगेसन बचाउन सकेनन् । मलोर्का रेलिगेसनमा परेको एक सिजन पछि नै शीर्ष डिभिजनमा फर्किएका हुन् ।

उनले मलोर्कामा ३५ खेल खेल्दा गोलका लागि ३५ अवसर सिर्जना गर्दा ४ गोल गर्दै मलोर्काको तेस्रो उत्कृष्ट खेलाडी बनेका थिए । मलोर्का रेलिगेसनमा परेपछि उनले गत सिजन भिल्लारियल र गेटाफेबाट लोनमा खेलेका थिए ।

रियलमा ५ वर्षको सम्झौता गरेका कुवो सिजन लोनमा खेल्दैछन् । जापानमा गत साता सकिएको टोकियो ओलम्पिक अन्तरगत पुरुष यु–२३ फुटबलमा उच्च प्रदर्शन गरेपछि उनलाई रियल सोसिडाड लगायतका अन्य क्लबले चासो देखाएपनि उनले मलोर्का नै रोजेका हुन् । उनकै उच्च प्रदर्शनमा जापानले पुरुष फुटबलमा चौथो स्थान हासिल गरेको थियो ।

उनले गत सिजन भिल्लारियलमा २९१ मिनेटमात्रै खेल्न पाउँदा गेटाफेमा ८०२ मिनेट खेल्ने मौका पाएको थियो । उनी नियमित र पहिलो रोजाईमा खेल्न चहान्छ ।

उनले अझैपनि रियलको पहिलो रोजाईमा खेल्न पाउने छैनन् । रियलमा युरोप बाहिरको तीन कोटा पुरा भइसकेको छ । भिनिसियस जुनियरले स्पेनको नागरिकता लिएको अवस्थामा मात्रै उनले सान्टियो बर्नबेउमा खेल्ने अवसर पाउनेछन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.