default_image

3 years ago

August 13, 2021

रोनाल्डोलाई फ्रान्सको च्याम्पियन लिल आउन आग्रह

एजेन्सी – युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगिज सहयात्री जोस फोन्टेले फ्रान्सेली च्याम्पियन लिल आउन आग्रह गरेका छन् । अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सी पेरिस सेन्ट जर्मेन (पीएसजी) मा दुई वर्षको लागि अनुबन्ध भएसँगै लिलका डिफेन्डर जोस फोन्टेले अन्तर्राष्ट्रिय सहयात्रीलाई आफ्नो क्लब आउन आग्रह गरेका हुन् । मेस्सीलाई पीएसजीले गत मंगलबार क्लबमा सार्वजनिक गरेको थियो । उनले […]

42 views

0 Bookmark

एजेन्सी – युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगिज सहयात्री जोस फोन्टेले फ्रान्सेली च्याम्पियन लिल आउन आग्रह गरेका छन् ।

अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सी पेरिस सेन्ट जर्मेन (पीएसजी) मा दुई वर्षको लागि अनुबन्ध भएसँगै लिलका डिफेन्डर जोस फोन्टेले अन्तर्राष्ट्रिय सहयात्रीलाई आफ्नो क्लब आउन आग्रह गरेका हुन् । मेस्सीलाई पीएसजीले गत मंगलबार क्लबमा सार्वजनिक गरेको थियो । उनले वार्षिक २५ मिलियन पाउन्ड र बोनस पाउनेछन् ।

३७ वर्षीय फोन्टेको लिल आउन गरिएको दैनिक आग्रहलाई रोनाल्डोले स्वीकार गरेका छैनन् । फोन्टेको हरेक आग्रहमा रोनाल्डोले हाँसेको मात्रै प्रतिक्रिया दिएको बताएका छन् । तर, फोन्टेले रोनाल्डोलाई लगातार आग्रह गरिरहेको बताएका छन् । उनले लियोनेल मेस्सी र पीएसजीलाई लिग वानमा हराउँदै उपाधि जित्न चाहेको बताएका छन् ।

‘यो हाम्रो लागि गाह्रो छ । मेस्सी फ्रान्समा छन् । तर हामी चुनौती सामना गर्न तयार छौं,’ फोन्टेले टक स्पोर्ट्ससँगको अन्तरवार्तामा भने, ‘हरेक दिन म क्रिस्टियानो रोनाल्डोलाई लिलमा आउन लेखिरहेको छु । उनले ‘हा हा हा’ को मात्रै जवाफ दिन्छन् । हामी हाम्रो तरिकाले सकेसम्म प्रयास गर्नेछौं । म रोनाल्डोलाई कुनै न कुनै तरिकाले क्लबमा ल्याउने कोसिस गर्नेछु । म एउटा योजना बनाउनेछु । मलाई फ्रेन्च लिग जित्नु छ ।’

लिलले गत सिजन पीएसजीको दवदवा तोड्दै लिग वान च्याम्पियन बन्न सफल भएको थियो । यसपटक लिललाई उपाधि जोगाउन गाह्रो हुनेछ । किनभने खेलाडी सरुवा बजारमा यो सिजन आक्रामक बनेको पीएसजीले मेस्सीसँगै, सर्जियो रामोस, जियानलुइजी डोन्नररुम्मा, अचरफ हाकिमी र जर्जिनो वाइनाल्डमलाई अनुबन्ध गरिसकेको छ ।

मेस्सीको आगमनसँगै फ्रान्सेली लिग वानको इतिहासकै सबैभन्दा बलियो अग्रपङ्ति बनेको छ । उनले पीएसजीको अग्रपङ्तिको कल्पना गर्दै उनीहरुलाई कसरी सामना गर्नेबारे सोचिसकेका छन् । ‘हामी मेस्सी, नेयमार र एमबाप्पेविरुद्ध खेल्दैछौं । लिग वान यो सिजन निकै रोचक हुनेछ । च्याम्पियन लिलले ३१ अगस्टमा पीएसजीको सामना गर्दैछ । उक्त खेलमा यि तीन मेस्सी, एमबाप्पे र नेयमारले अग्रपङ्ति सम्हाल्ने सम्भावना छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.