default_image

3 years ago

August 12, 2021

‘मेस्सीको ट्रान्सफरमा मेरो कुनै भूमिका छैन’ – रियल अध्यक्ष पेरेज

एजेन्सी – रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले बार्सिलोनाका पूर्व कप्तान लिओनेल मेस्सीको ट्रान्सफरमा आफ्नो कुनै भूमिका नरहेको प्रष्ट पारेका छन् । सामाजिक संजालमा पेरेजले मेस्सीलाई बार्सिलोनाबाट बाहिर पठाउन प्रभाव पारेको भन्दै थुप्रै चर्चा भएको थियो । बार्सा कमिसनका पूर्व सदस्य जाउमे लोपिसले पेरेज यस विषयमा आबद्ध रहेको बताएपछि सामाजिक संजालमा रियल अध्यक्षविरुद्ध बार्सिलोना समर्थक खनिएका […]

42 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले बार्सिलोनाका पूर्व कप्तान लिओनेल मेस्सीको ट्रान्सफरमा आफ्नो कुनै भूमिका नरहेको प्रष्ट पारेका छन् ।

सामाजिक संजालमा पेरेजले मेस्सीलाई बार्सिलोनाबाट बाहिर पठाउन प्रभाव पारेको भन्दै थुप्रै चर्चा भएको थियो । बार्सा कमिसनका पूर्व सदस्य जाउमे लोपिसले पेरेज यस विषयमा आबद्ध रहेको बताएपछि सामाजिक संजालमा रियल अध्यक्षविरुद्ध बार्सिलोना समर्थक खनिएका थिए । तर पेरेजले बुधबार विज्ञप्तिमार्फत त्यो सत्य नरहेको बताए ।

‘मैले मेस्सीको ट्रान्सफरमा कुनैपनि हिसाबले प्रभाव पार्ने कुरा असम्भव छ । यो सब झुटो आरोप हो । म बार्सिलोनाको सीइओ फेरान रेभर्टरसँग राम्रोसँग साथी पनि भएको छैन,’ उनले भने, ‘मैले अहिलेसम्म उनलाई जम्मा दुई पटक भेटेको छु । पहिलो पटक ४ महिना अघि र दोस्रो पटक मेस्सी बाहिरिने पक्का भएपछि शनिबार भेटेको हो ।’

आरोप लगाउने लोपिसले भने रियल अध्यक्ष पेरेज र बार्सिलोनाका सीइओ रेभर्टर नजिकका साथी रहेको र बार्सिलोनाको निर्णयमा प्रत्यक्ष प्रभाव पारेको बताए । ‘मेस्सीले क्लब छाड्दा रियललाई फाइदा पुग्छ नै । अझ यसले त किलियन एम्बापपेलाई रियल म्याड्रिड आउने बाटो पनि खोलेको छ । रेभर्टरकै कारणले बार्सिलोना अध्यक्ष लापोर्टा मेस्सीलाई राख्न सम्भव नहुने पक्षमा पुगेका थिए,’ उनले भने ।

मेस्सी पिएसजी पुगेसँगै अध्यक्ष नासेर अल खलिफाले भने एमबाप्पे पिएसजीमै रहने प्रष्ट पारेका छन् । ‘एमबाप्पे पिएसजीमै रहन्छन् । उनले यसअघि पनि क्लबको लक्ष्य प्रष्ट हुनुपर्ने बताएका थिए । अहिले हामी विश्वको उत्कृष्ट टोली निर्माण गरेर लक्ष्यमा अघि बढेका छौं । उनले अब बस्नुको विकल्प देख्दिन,’ खलिफाले भने ।

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.