default_image

3 years ago

August 12, 2021

फुटबल विवाद : १४ जनाकै बयान पूरा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङबीच भएको विवादको छानविनका लागि गठिन समितिले सबैसँग बयान लिएको छ । समितिले अन्तिम दिन ६ जनाको बयान लिएपछि १४ जना सँगको बयानको प्रक्रिया समाप्त भएको जनाएको छ । समितिले अन्तिम दिन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ, दुई संचारकर्मी, कप्तान किरण […]

68 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङबीच भएको विवादको छानविनका लागि गठिन समितिले सबैसँग बयान लिएको छ । समितिले अन्तिम दिन ६ जनाको बयान लिएपछि १४ जना सँगको बयानको प्रक्रिया समाप्त भएको जनाएको छ ।

समितिले अन्तिम दिन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ, दुई संचारकर्मी, कप्तान किरण चेम्जोङ, प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र इक्वेस्ट्रीएन संघका अध्यक्ष रवि राजकर्णिकारसँग बयान लिएको हो । बयान दिएका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफू छानविन प्रक्रियाबाट सन्तुष्ट रहेको अभिव्यक्ति दिए ।

‘ मैले छानविन प्रक्रियाबाट एकदम सहज महसुस गरेको छु । मैले समितिसामु आफ्नो भनाइ राखेको छु । मैले आफूले विश्वास गर्ने सबै कुरा समितिमा राखेको छु । अब हामी समितिको निर्णयको प्रतिक्षामा छौं,’ प्रशिक्षक अलमुताइरीले भने ।

यता वरिष्ठ उपाध्यक्ष नेम्बाङले छानविनको जिम्मेवारी मन्त्रालयबाट राखेपसम्म पुग्नले नै एन्फा नेतृत्वको असफलता रहेको बताए । ‘यो विषय मन्त्रालय हुँदै राखेपबाट छानविन हुनु नै एन्फाको असफलता हो । म आफैं पनि त्यसको भागीदार हुँ । मैले पहिले पनि भन्दै आएको छु, यो विवाद पनि चुनावले अभिप्रेरित देखिन्छ । प्रशिक्षकले मलाई लगाएको आरोपको कुनै आधार छैन र मैले त्यसै अनुसार छानविन समितिमा आफ्नो भनाइ राखेको छु,’ नेम्बाङले भने ।

नेम्बाङले राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायको कमजोरीका कारण पनि यो विवाद चुलिएको अभिव्यक्ति दिए । ‘ राष्ट्रिय टोलीको व्यवस्थापकको असक्षमताका कारण पनि यो अवस्था आएको हो । वहाँले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्न नसक्दा नै अहिलेको परिस्थितिको सामना गर्नुपरेको छ,’ नेम्बाङले भने ।

छानविन समितिकी सदस्य सुवर्ण श्रेष्ठले भने छानविन प्रक्रिया सबैको सहयोगले पूरा भएको जानकारी दिइन् । ‘बयान दिन आउनुभएको सबैले आफ्नो भनाइ राख्नुभयो । सबैको बयानको सार यस विवादबाट नेपाली फुटबललाई कसरी राम्रो निकास दिन सकिन्छ भन्ने नै थियो । तीन दिनको अन्तरमा १४ जनासँग हामीले बयान लिएका छौं । अब भोलीबाट नै यसको नतिजातर्फ काम गर्नेछौं,’ उनले भनिन्, ‘हामीले अध्ययन गर्दै जाँदा आवश्यक परेको खण्डमा थप केहि बयान लिन पर्न सक्छ । अहिलेलाई भने आइतबारसम्म नतिजा निकाल्ने लक्ष्यसहित काम सुरु गर्नेछौं ।’

खड्का छानविनमा आमन्त्रित

बयानका क्रममा राखेप सदस्य तथा एन्फाका महिला विभाग प्रमुख हरि खड्का पनि आमन्त्रित सदस्यका रुपमा उपस्थित थिए । सदस्य श्रेष्ठले राखेपकै सदस्य रहेको र एन्फामा पनि आबद्ध रहेकाले समितिलाई सहयोग पुग्ने हेतुले नै उनलाई बोलाइएको बताइन् ।

बयानका लागि बुधबार कप्तान किरण र प्रशिक्षक अलमुताइरी पोखराबाट काठमाडौं आएका थिए । दुवै शुक्रबार प्रशिक्षणलाई निरन्तरता दिन पोखरा जाने कार्यक्रम रहेको छ ।

समितिले यसअघि मंगलबार र बुधबार विभिन्न सम्बन्धित व्यक्तिहरुसँग बयान लिइसकेको छ । बयानको पहिलो दिन समितिले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, प्रवक्ता किरण राई र राखेप अन्तर्गत फुटबलको मुख्य प्रशिक्षक अरुणा गुरुङसँग बयान लिएको थियो । त्यसपछि बुधबार उपाध्यक्षद्वय कृष्ण थापा र वीरबहादुर खड्का, फुटबल प्रशिक्षक बालगोपाल महर्जन, महासचिव इन्द्रमान तुलाधर तथा व्यवस्थापक उपाध्याय समितिमा बयानका लागि उपस्थित रहेका थिए ।

एन्फाको कार्यकारी समितिको आपतकालिन बैठकले विवाद समाधान गर्न नसकेपछि छानबिनका लागि एन्फाले युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गरेको थियो । त्यसकै आधारमा मन्त्रालयले राखेपलाई छानबिनका लागि पत्र काटेको थियो । गत साता राखेपले सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको थियो । त्यहि क्रममा समितिले मंगलबार बयान सुरु गरेको हो ।

नेम्बाङ र अलमुताइरीबीच गत साता मंगलबार एक होटलमा भएको भेटपछि दुवै पक्ष पुरानो विवादलाई नचर्काउन र आउने दिनमा सहकार्य गर्दै अघि बढ्न सहमत भएपछि तत्कालका लागि विवाद समाधान हुने सम्भवाना देखिएको थियो । फुटबलप्रेमीलाई सकारात्मक सन्देश दिनका लागि संयुक्त वक्तव्य जारी गर्ने भनिएपनि अहिले सम्म विज्ञप्ती जारी भएको छैन । अलमुताइरी सहमति भएकै दिन पोखरा गएका थिए ।

एक्वेस्टरियन संघका अध्यक्ष राजकर्णिकारको पहलमा नेम्बाङ र अलमुताइरीबीच विवाद समाधानका लागि पार्न भेटघाट भएको थियो । तर राखेपले छानबिन अघि बढाएपछि नेम्बाङ र अलमुताइरीको सहमति के हुने भन्ने प्रष्ट भएको छैन । साउन ७ गते अलमुताइरी र दुई सञ्चारकर्मीसँगको विवादबाट बढ्दै जाँदा त्यसमा नेम्बाङ पनि तानिएका थिए । साउन १० गते अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्बाङका कारण आफूलाई काम गर्न अप्ठेरो भएको आशयका साथ पदबाट राजीनामा दिने घोषणा फेसबुकमार्फत गरेका थिए ।

सञ्चारकर्मीसँगको घटनामा नेम्बाङको संलग्नता रहेको दाबी अलमुताइरीले गर्दै आएका थिए । त्यसमा नेम्बाङले कडा आपत्ती जनाउँदै अलमुताइरीविरुद्ध छानबिनको माग राखेका थिए । अलमुताइरीले पनि नेम्बाङ र दुई सञ्चारकर्मीविरुद्ध छानबिनको माग गरेका थिए ।

यसअघि १४ जना हुनुपर्नेमा अन्यथा हुन गएकाले सच्याएको जानकारी गराउँदछौं – सम्पादक

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

Success

Thank you for your time.