default_image

3 years ago

August 12, 2021

किरण आइ लिगको ‘फ्यान्स प्लेयर अफ दि सिजन’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले भारतको शीर्ष श्रेणीको लिग आइ लिगमा ‘फ्यान्स प्लेयर अफ दि सिजन’ अवार्ड जितेका छन् । आईलिगले बिहीबार किरणले ‘फ्यान्स प्लेयर अफ दि सिजन’ अवार्ड प्राप्त गरेको जनाएको छ । किरणले गत सिजन राउन्ड ग्लास पन्जाब फुटबल क्लबबाट आईलिग खेलेका थिए । […]

69 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले भारतको शीर्ष श्रेणीको लिग आइ लिगमा ‘फ्यान्स प्लेयर अफ दि सिजन’ अवार्ड जितेका छन् ।

आईलिगले बिहीबार किरणले ‘फ्यान्स प्लेयर अफ दि सिजन’ अवार्ड प्राप्त गरेको जनाएको छ । किरणले गत सिजन राउन्ड ग्लास पन्जाब फुटबल क्लबबाट आईलिग खेलेका थिए । उनले १४ खेलमा ७ क्लिन सिट राखेका थिए । उनले ५६ सट प्रहारलाई बचाउ गरेका थिए । उनले ८२ प्रतिशत प्रहार बचाएका थिए ।

किरणले यसअघि आईलिगको उत्कृष्ट गोलकिपर समेत चुनिएका थिए । उत्कृष्ट गोलकिपर बनेसँगै उनले २ लाख ५० हजार प्राप्त गरेका थिए । आईलिगको उपाधि गोकुलम केरेला एफसीले जित्दा किरण सम्मिलित राउन्ड ग्लास पन्जाब चौथो भएको थियो ।

फ्यान्स प्लेयर अफ दि सिजन अवार्ड जितेपछि किरणले फुटबल करिअरमा अर्काे एक अवार्ड थपिएको र नेपाली हुनुमा गर्वको महसुस भएको बताएका छन् । ‘समर्थकको साथ र मायाविना म मेरो फुटबल करिअरमा यो चीजहरु हासिल गर्न सक्दिन । त्यसैले सधै माया गरिरहनु,’ किरणले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन् ।

किरण अहिले भारतसँगको दुई मैत्रीपुर्ण खेल, साफ च्याम्पियनसिप र एसियन कप छनोट खेलको लागि बन्द प्रशिक्षणमा रहेका छन् । राष्ट्रिय टोलीको बन्द प्रशिक्षण बुधबारदेखि पोखरामा सुरु भएको छ । टोलीले दुई साता पोखरामै प्रशिक्षण गर्नेछ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.