default_image

3 years ago

August 13, 2021

लुकाकु कीर्तिमानी मुल्यमा चेल्सीमा अनुबन्धित

एजेन्सी – बेल्जियन फरवार्ड रोमेलु लुकाकु कीर्तिमानी मुल्यमा इंग्लिस क्लब चेल्सीमा अनुबन्धित भएका भएका छन् । इटालियन च्याम्पियन इन्टर मिलान छोडेर लुकाकु आफ्नै पूर्व क्लबमा ९८ मिलियन पाउन्डमा ५ वर्षका लागि अनुबन्धित भएका हुन् । यो चेल्सीले एक खेलाडीका लागि हालसम्मकै बढी रकम खर्च गरेको हो । यसअघि चेल्सीले गत सिजन जर्मन मिडफिल्डर काई हाभर्टजलाई […]

51 views

0 Bookmark

एजेन्सी – बेल्जियन फरवार्ड रोमेलु लुकाकु कीर्तिमानी मुल्यमा इंग्लिस क्लब चेल्सीमा अनुबन्धित भएका भएका छन् । इटालियन च्याम्पियन इन्टर मिलान छोडेर लुकाकु आफ्नै पूर्व क्लबमा ९८ मिलियन पाउन्डमा ५ वर्षका लागि अनुबन्धित भएका हुन् ।

यो चेल्सीले एक खेलाडीका लागि हालसम्मकै बढी रकम खर्च गरेको हो । यसअघि चेल्सीले गत सिजन जर्मन मिडफिल्डर काई हाभर्टजलाई ८२ मिलियन युरो खर्चिएको थियो ।

चेल्सीले यसअघि लुकाकुका लागि गरेको दुई प्रस्ताव इन्टरले अस्विकार गरेको थियो । दोस्रो प्रस्ताव भने ८५ मिलियन पाउण्डसँगै डिफेन्डर मार्कोस अलोन्सो इन्टर जाने रहेको थियो । उक्त प्रस्ताव अस्विकार गरेपछि चेल्सीले क्लब कीर्तिमानी रकम प्रस्तावलाई इन्टरले स्वीकारेपछि ट्रान्सफर पक्का भएको हो ।

लुकाकुले सन् २०१४ मा चेल्सीको सिनियर टोलीबाट मात्र १५ खेल खेल्दै क्लब छाडेका थिए । सन् २०११ मा आन्द्रेलेक्टबाट उनी चेल्सी आएका थिए । सन् २०१४ देखि २०१७ मा एभर्टनबाट खेलेका उनले १ सय ६६ खेलमा ८७ गोल गरे । त्यसपछि दुई सिजन म्यानचेस्टर युनाइटेडमा बिताएका उनले ९६ खेलमा ४२ गोल गरेका थिए ।

सन् २०१९ मा इन्टर मिलान पुगेका लुकाकुले गत सिजन टोलीलाई ११ वर्षपछि लिग जिताएका थिए । उनले लिगमा २४ गोल गरेका थिए ।

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

Success

Thank you for your time.