default_image

3 years ago

August 13, 2021

बुन्डेसलिगाको पहिलो खेलमै बायर्न खेल्दै

एजेन्सी – जर्मन बुन्डेसलिगाको नयाँ सिजनको पहिलो खेलमै गत सिजनको च्याम्यिन बायर्न म्युनिखले बोरुसिया मोन्चेनग्लाडवाकसँग उसकै मैदानमा प्रतिस्पर्धा गर्दैछ । खेल बोरुसिया पार्कमा नेपाली समयअनुसार १२:१५ बजे हुनेछ । प्रि–सिजनमा राम्रो प्रदर्शन गर्न नसकेको बायर्न बुन्डेसलिगाको पहिलो खेलमै बलियो मोन्चेनग्लाडवाकलाई हराउँदै सुखद सुरुवात लिने लक्ष्यमा हुनेछ । नयाँ प्रशिक्षक जुलियन नागेल्समानले प्रि–सिजनमा राम्रो प्रदर्शन गर्न […]

67 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगाको नयाँ सिजनको पहिलो खेलमै गत सिजनको च्याम्यिन बायर्न म्युनिखले बोरुसिया मोन्चेनग्लाडवाकसँग उसकै मैदानमा प्रतिस्पर्धा गर्दैछ । खेल बोरुसिया पार्कमा नेपाली समयअनुसार १२:१५ बजे हुनेछ ।

प्रि–सिजनमा राम्रो प्रदर्शन गर्न नसकेको बायर्न बुन्डेसलिगाको पहिलो खेलमै बलियो मोन्चेनग्लाडवाकलाई हराउँदै सुखद सुरुवात लिने लक्ष्यमा हुनेछ । नयाँ प्रशिक्षक जुलियन नागेल्समानले प्रि–सिजनमा राम्रो प्रदर्शन गर्न नसकेपनि बुन्डेसलिगामा राम्रो प्रदर्शन हुने अपेक्षा राखेका छन् । टोलीले मुख्य सेन्टरब्याक डेभिड अलाबालाई यो सिजन गुमाएपनि अन्य खेलाडीहरु टोलीमै रहेका छन् ।

अघिल्लो सिजनको सर्वाधिक गोलकर्ता रोबर्ट लेवान्डोस्की, थोमस मुलर, सर्ज गिनाब्री, लिरोए साने, जोसुवा किम्मिख, लियोन गोरेट्जका, अलफन्सो डेभिस, बोउना सार भेट्रान गोलरक्षक तथा कप्तान म्यानुयल नोएर टोलीमा रहेका छन् । डिफेन्डर डेविड अलाबाले क्लब छाडेपछि अब लुकास हर्नान्डेज र निकलस सुलले डिफेन्स सम्हाल्ने देखिन्छ ।

यता, मोन्चेनग्लाडवाक पनि बायर्नलाई स्तब्ध पार्दै नयाँ सिजनमा सुखद सुरुवात लिने लक्ष्यमा हुनेछ । युरोमा सानदार प्रदर्शन गरेका स्विस गोलरक्षक यान सोम्मर आफ्नो लय कायम राख्ने लक्ष्यमा हुनेछन् । टोलीसँग लार्स स्टिनडिल, हान्नेस वल्फ, प्याट्रिक हर्मन, फ्लोरिएन नेउहस, निको इल्भेडी र म्याथियस जिन्टरको साथ रहेको छ ।

यि दुई टोलीको पछिल्लो २८ खेलको नतिजामा बायर्न ११ खेलमा विजयी भएको छ । ९ खेल मोन्चेनग्लाडवाकले आफ्नो पक्षमा पार्दा ८ खेल बराबरीमा सकिएको छ । पछिल्लो चार खेलमा दुवै टोलीले समान २ जित निकालेका छन् ।

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

Success

Thank you for your time.