default_image

3 years ago

August 13, 2021

रोनाल्डो ल्याउने पिएसजीको तयारी

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले बार्सिलोनाका कप्तान लिओनेल मेस्सीलाई क्लबमा अनुबन्ध गर्दै विश्व फुटबलकै सशक्त टोलीका रुपमा आफूलाई स्थापित गरेको छ । तर पिएसजीले यतिमै रोकिने संकेत भने दिएको छैन । मेस्सीको आगमनसँगै टोलीको आक्रमण विश्वकै उत्कृष्ट बनेकोमा दुइमत छैन । फ्रान्सेली राष्ट्रिय टोलीका युवा फरवार्ड किलियन एमबाप्पे र ब्राजिलका सुपरस्टार […]

135 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले बार्सिलोनाका कप्तान लिओनेल मेस्सीलाई क्लबमा अनुबन्ध गर्दै विश्व फुटबलकै सशक्त टोलीका रुपमा आफूलाई स्थापित गरेको छ । तर पिएसजीले यतिमै रोकिने संकेत भने दिएको छैन ।

मेस्सीको आगमनसँगै टोलीको आक्रमण विश्वकै उत्कृष्ट बनेकोमा दुइमत छैन । फ्रान्सेली राष्ट्रिय टोलीका युवा फरवार्ड किलियन एमबाप्पे र ब्राजिलका सुपरस्टार नेयमारसँगै मेस्सीको उपस्थितिले आक्रमण बलियो बनेको छ ।

यसबाहेक अनुभवी फरवार्ड माउरो इकार्डी र अर्जेन्टिनाकै विंगर एन्जल डी मारिया पनि टोलीमा छन् । जर्मन मिडफिल्डर जुलियन ड्राक्स्लर र स्पेनिस विंगर पाब्लो सराबिया पनि आक्रमणमा खेल्न सक्छन् ।

टोलीका भरपर्दा फरवार्ड एमबाप्पे आफ्नो सम्झौताको अन्तिम वर्षमा छन् । उनले अब पिएसजीमा सम्झौता नविकरण नगर्ने मनसाय बनाइसकेका छन् । यस्तो अवस्थामा पनि पिएसजी भने उनलाई अन्यत्र बेच्न चाहदैन ।

पिएसजीले बरु अर्को सिजन एमबाप्पेलाई फ्रि एजेन्टकै रुपमा आफूखुसी क्लब छाड्ने विकल्प दिएको छ । कारण, क्लबले अर्को सिजन उनको स्थानमा आउने खेलाडी निर्धारण गरिसकेको छ ।

पिएसजीले आधुनिक फुटबलका दुई स्टार मेस्सी र क्रिस्टियानो रोनाल्डो दुवैलाई एकसाथ उतार्ने प्रयास गरिरहेको छ । रोनाल्डोको युभेन्टससँगको सम्झौता अर्को वर्ष सकिँदैछ । यस्तो अवस्थामा पिएसजीले एमबाप्पेले क्लब छाडेपनि रोनाल्डोलाई पेरिसमा ल्याउने सोच बनाएको छ । यी तीन खेलाडी सन् २०१५ मा एकसाथ ब्यालोन डी’ओर को शीर्ष तीनमा थिए ।

रोनाल्डोका एजेन जोर्गे मेन्डेसले पनि यसबारे छलफल थालेका छन् । रोनाल्डो अर्को वर्ष ३७ वर्ष पुग्दैछन् । यो उमेरमा दुई वर्षको सम्झौता पाए रोनाल्डो फ्रान्सेली लिग खेल्न तयार हुने बुझिएको छ । यसबाहेक रोनाल्डोले च्याम्पियन्स लिगमा पनि निरन्तर खेल्न पाउनेछन् । त्यसैले पनि पिएसजी रोनाल्डो र मेस्सीलाई एकसाथ खेलाउने योजनामा सफल हुने देखिन्छ ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.