default_image

3 years ago

August 14, 2021

लेवान्डोस्कीको गोलमा बायर्न हारबाट जोगियो

एजेन्सी – अघिल्लो सिजनको समेत सर्वाधिक गोलकर्ता रहेका पोेलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि साविकको विजेता बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको नयाँ सिजनको पहिलो खेलमै बराबरीमा रोकिएको छ । बायर्नले बोरुसिया मोन्चेनग्लाडवाकसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । बायर्नले एक गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काउन सफल भएको हो । बोरुसिया पार्कमा शुक्रबार […]

46 views

0 Bookmark

एजेन्सी – अघिल्लो सिजनको समेत सर्वाधिक गोलकर्ता रहेका पोेलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि साविकको विजेता बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको नयाँ सिजनको पहिलो खेलमै बराबरीमा रोकिएको छ ।

बायर्नले बोरुसिया मोन्चेनग्लाडवाकसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । बायर्नले एक गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काउन सफल भएको हो । बोरुसिया पार्कमा शुक्रबार राति भएको खेलम घरेलु टोलीले खेलको १०औं मिनेटमा एलासने प्लेयाको गोलबाट अग्रता लिएको थियो ।

उनले लार्स स्टिनडिलको पासमा गोल गरेका थिए । तर मोन्चेनग्लाडवाकले त्यो अग्रतालाई पहिलो हाफमै जोगाउन सकेन । ४२औं मिनेटमा अघिल्लो सिजनको सर्वाधिक गोलकर्ता समेत रहेका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले योसुवा किम्मिखको पासमा गोल गरेका थिए ।

बल पोसेसनमा बलियो पकड बनाउँदै १६ भन्दा बढी अवसर सिर्जना गरेपनि बायर्नले मोन्चेनग्लाडवाकको बलियो रक्षापङ्तिलाई तोड्न नसक्दा नयाँ सिजनको पहिलो खेलमा नै बराबरीमा रोकिन बाध्य बन्यो । बराबरीपछि दुवै टोलीले समान १ अंक जोडेका छन् ।

बुन्डेसलिगामा आज (शनिबार) विभिन्न ६ खेलमा प्रतिस्पर्धा हुदैछ ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.