default_image

3 years ago

August 14, 2021

क्यामरुनका राफाएलले थ्री स्टारबाट खेल्ने

एजेन्सी – क्यामरुनका मिडफिल्डर राफाएल बिडियास रिम्गागोले ललितपुरको ए डिभिजन क्लब रुस्लान थ्री स्टारबाट खेल्ने भएका छन् । क्लबले आज राफाएलसँग एक वर्षका लागि सम्झौता भएको जनाएको छ । राफाएल पछिल्लो एक वर्षदेखि नेपाली फुटबलमा मोफसलका प्रतियोगिता खेल्दै आएका छन् । उनले क्यामरुनको अफ्रिकन रुट्सबाट केहि प्रतियोगिता खेलेका थिए । त्यसपछि उनी नेपाल सुपर लिग […]

70 views

0 Bookmark

एजेन्सी – क्यामरुनका मिडफिल्डर राफाएल बिडियास रिम्गागोले ललितपुरको ए डिभिजन क्लब रुस्लान थ्री स्टारबाट खेल्ने भएका छन् । क्लबले आज राफाएलसँग एक वर्षका लागि सम्झौता भएको जनाएको छ ।

राफाएल पछिल्लो एक वर्षदेखि नेपाली फुटबलमा मोफसलका प्रतियोगिता खेल्दै आएका छन् । उनले क्यामरुनको अफ्रिकन रुट्सबाट केहि प्रतियोगिता खेलेका थिए । त्यसपछि उनी नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्सको जर्सीमा देखिएका थिए । पोखराबाट उनले उच्च प्रदर्शन गरेपनि टोलीले प्लेअफ यात्रा तय गर्न भने सकेन ।

राफाएलले पोखराका लागि सुरुवाती खेल रक्षात्मक मिडफिल्डरको भूमिकामा खेलेका थिए । त्यसपछिका खेलमा भने उनी सेन्टर डिफेन्समा देखिए । उनले अर्का विदेशी डिफेन्डर यानिक केचासँग राम्रो साझेदारी गरेका थिए । थ्री स्टारमा उनको आगमनसँगै रक्षात्मक पक्ष निकै बलियो देखिएको छ । क्लबले यसअघि राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङ र कप्तान विक्रम लामासँग पनि सम्झौता नविकरण गरिसकेको छ ।

विक्रम र राफाएल दुवै सेन्टर डिफेन्स र रक्षात्मक मिडफिल्डमा खेल्ने खुबी राख्दछन् । थ्री स्टारले अब यी दुईसँग अनन्तको जोडीलाई प्रयोग गर्ने देखिन्छ । क्लबले आक्रमणमा आयुष घलान, डोना थापा र संजोक राईलाई पनि अनुबन्ध गरिसकेको छ । यसबाहेक डिफेन्डर निशान खड्का पनि क्लबमा नै रहनेछन् ।

यस सिजन थ्री स्टारको प्रशिक्षण उर्जन श्रेष्ठले सम्हाल्नेछन् । गत सिजन ब्रिगेड ब्वाइज क्लबमा रहेका उनले यस सिजन मोफसलका केहि प्रतियोगितामा जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.