default_image

3 years ago

August 14, 2021

प्रिमियर लिगमा आज

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत सिजन २०२१-२२ को पहिलो चरण अन्तर्गत आज शनिबार ७ खेल हुँदैछन् । खेल नेपाली समयअनुसार साँझ ५:१५ बजे सुरु हुनेछ । दिनको पहिलो खेलमा उपाधि दाबेदार मानिएको म्यानचेस्टर सिटीले लिड्स युनाइटेडको सामना गर्दैछ । यसपटक ट्रान्सफर विन्डोमा युनाइटेड आएका इंग्लिस विंगर जेडन सान्चोले आज खेल्ने सम्भावना रहेको प्रशिक्षक ओले […]

128 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत सिजन २०२१-२२ को पहिलो चरण अन्तर्गत आज शनिबार ७ खेल हुँदैछन् । खेल नेपाली समयअनुसार साँझ ५:१५ बजे सुरु हुनेछ ।

दिनको पहिलो खेलमा उपाधि दाबेदार मानिएको म्यानचेस्टर सिटीले लिड्स युनाइटेडको सामना गर्दैछ । यसपटक ट्रान्सफर विन्डोमा युनाइटेड आएका इंग्लिस विंगर जेडन सान्चोले आज खेल्ने सम्भावना रहेको प्रशिक्षक ओले गुनार सोल्स्जाएरले बताएका छन् । रियल म्याड्रिडबाट आएका डिफेन्डर राफाएल भरान भने आजको खेलमा उपलब्ध हुने छैनन् । लिड्सले ओल्ड ट्राफर्डमा पछिल्लो १६ लिग खेलमा जित हासिल गर्न सकेको छैन ।

साँझ ७:४५ बजे ५ खेल एकसाथ हुनेछन् । बर्नलीले ब्राइटन एन्ड होभ एल्बियनको सामना गर्नेछ । यसै सिजन प्रिमियर लिगमा चढेको वाटफर्डले एस्टन भिल्लाको सामना गर्नेछ । भिल्ला यस सिजन ट्रान्सफरमा सबैभन्दा बढी खर्च गर्ने टोलीमा पर्छ । आज भिल्लाका लागि ड्यानी इंग्स र लिओन बेलीले डेब्यु गर्ने सम्भावना छ ।

अर्को खेलमा युरोपेली च्याम्पियन चेल्सीले क्रिस्टल प्यालेसको सामना गर्दैछ । प्याट्रिक भिएराको प्रशिक्षणमा रहेको प्यालेस चेल्सीको मैदानमा सुखद सुरुवात गर्न चाहन्छ । यता चेल्सी भने बुधबार यूईएफए सुपर कपको जितलाई निरन्तरता दिन चाहन्छ । उक्त खेलमा टोलीका लागि गोल गरेका हाकिम जिएच भने चोटका कारण उपस्थित हुने छैनन् । फरवार्ड रोमेलु लुकाकुले आज डेब्यु गर्ने सम्भावना छ ।

लेस्टर सिटी र वल्भ्स पनि त्यसै समयमा खेल्नेछन् । लेस्टरले गत साता कम्युनिटी सिल्ड जित्ने क्रममा म्यानचेस्टर सिटीलाई पराजित गरेको थियो । फरवार्ड जेमी भार्डीले लिगको पहिलो खेलमा ६ गोल गरिसकेका छन् । अर्को खेलमा एभर्टन र साउथह्याम्पटनले प्रतिस्पर्धा गर्नेछन् ।

दिनको अन्तिम खेलमा नर्विच सिटीले लिभरपुलको सामना गर्नेछ । डिफेन्डर भर्जील भान डाइक चोटबाट फर्केपछि लिभरपुलको डिफेन्स थप बलियो हुने आशा प्रशिक्षक जोर्गेन क्लोपले राखेका छन् । मोहमद सलाहले पनि लिगको पहिलो खेलमा ६ गोल गरिसकेका छन् । नवप्रवेशी नर्विच लिभरपुलबाट कम्तिमा एक अंक जोड्ने सुरमा हुनेछ ।

खेल तालिका :

साँझ ५:१५ बजे – म्यानचेस्टर युनाइटेड विरुद्ध लिड्स

रातको ७:४५ बजे – बर्नली विरुद्ध ब्राइटन एन्ड होभ आल्बियन

रातको ७:४५ बजे – चेल्सी विरुद्ध क्रिस्टल प्यालेस

रातको ७:४५ बजे -एभर्टन विरुद्ध साउथह्याम्पटन

रातको ७:४५ बजे -लेस्टर सिटी विरुद्ध वल्भ्स

रातको ७:४५ बजे – वाटफर्ड विरुद्ध एस्टन भिल्ला

रातको १०:१५ बजे – नर्विच सिटी विरुद्ध लिभरपुल

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.