default_image

3 years ago

August 14, 2021

रियल म्याड्रिडले एलाभेससँग खेल्दै

एजेन्सी – स्पेनिस ला लिगाको नयाँ सिजनको पहिलो राउन्डको खेलमा आज विभिन्न चार खेलम प्रतिस्पर्धा हुदाँ साविकको उपविजेता रियल म्याड्रिडले डिपोर्टिभो एलाभेससँग प्रतिस्पर्धा गर्दैछ । खेल एलाभेसको मैदानमा नेपाली समयअनुसार राति १:४५ बजे हुनेछ । घरेलु टोली एलाभेस बलियो रियललाई रोक्ने लक्ष्यमा मैदान उत्रनेछ । टोलीसँग लुकास पेरेज, जोसेलु, थोमस पिना, इड्गर मेन्डेज, लुइस रिओजा, […]

40 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगाको नयाँ सिजनको पहिलो राउन्डको खेलमा आज विभिन्न चार खेलम प्रतिस्पर्धा हुदाँ साविकको उपविजेता रियल म्याड्रिडले डिपोर्टिभो एलाभेससँग प्रतिस्पर्धा गर्दैछ । खेल एलाभेसको मैदानमा नेपाली समयअनुसार राति १:४५ बजे हुनेछ ।

घरेलु टोली एलाभेस बलियो रियललाई रोक्ने लक्ष्यमा मैदान उत्रनेछ । टोलीसँग लुकास पेरेज, जोसेलु, थोमस पिना, इड्गर मेन्डेज, लुइस रिओजा, पेरे पोन्स, रुवेन डुआर्टे, छिमो नाभारो र गोलरक्षक फर्नान्डो पचेकोको साथ रहेको छ । रियलको नयाँ रक्षापंक्तिलाई दबाबमा राख्दै एलाभेस सुखद सुरुवात गर्न चाहन्छ ।

यता, रियल घरेलु टोलीलाई हराउँदै ला लिगामा सुखद सुरुवात लिने लक्ष्यमा मैदानमा उत्रनेछ । कप्तान सर्जियो रामोस र राफयल भरानले क्लब छाडेपछि उनीहरुको स्थान डेभिड अलाबा र इडर मिलिसाओले सम्हाल्नेछन् । कप्तान मार्सेलोले चोट बोकेका कारण उनको स्थान मिगुइल गुइटेरेजले लिनेछन् । लुकास भास्क्वेज, नाचो फर्नान्डेस र अल्भारो ओर्डिओजोला पनि टोलीमा रहेका छन् ।

मिडफिल्डमा लुका मोड्रिच, क्यासमिरो, फेडे भाल्भेर्डे, इस्को र एन्टेनियो ब्लान्को रहँदा गोलपोस्ट थिवाउट कोर्टुवाले नै सम्हाल्नेछन् । फरवार्डमा केरिम बेन्जेमा, इडेन हाजार्ड, ग्यारेथ बेल, भिनि जुनियर, रोड्रिगो, मार्काे एसेन्सियो र लुका जोभिक रहेका छन् । जिदानको रोजाइमा पर्न नसकेका इस्को र बेलले सुरुवाती रोजाइमा खेल्ने सम्भावना छ ।

चोटका कारण रियलका सदाबहार मिडफिल्डर टोनी क्रुस, फर्लान्ड मेन्डी र ड्यानियल सेवालोस टोलीमा छैनन् । प्रशिक्षक कार्लाे एन्सेलोटीले मार्टिन ओडेगार्डलाई टोलीमा समेटेका छैनन् । उनले गत सिजन लोनमा पुगेको प्रिमियर लिग क्लब आर्सनलसँग अनुबन्ध गर्ने चर्चा छ ।

यि दुई टोलीको पछिल्लो १० भेटमा रियल ८ खेलमा विजयी भएको छ । दुई खेल एलाभेसले आफ्नो पक्षमा पारेको छ । गत सिजनको ला लिगाको दुई खेलमा दुवै टोलीले समान एक खेल जितेका थिए । घरमै एलाभेससँग २–१ ले स्तब्ध हुदा रियल म्याड्रिडले उसकै मैदानमा ४–१ को जित निकालेको थियो ।

अन्य खेल :

क्याडिजविरुद्ध लेभान्टे (राति ११:१५ बजे)

मलोर्काविरुद्ध रियल बेटिस (राति ११:१५ बजे)

ओसासुनाविरुद्ध इस्पान्योल (राति ०१:४५ बजे)

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.