default_image

3 years ago

August 14, 2021

मेस्सी पिएसजीको टोलीमै परेनन्

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले गत साता बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग सम्झौता गरे । तर मेस्सीलाई पिएसजीको जर्सीमा खेलेको हेर्न भने केहि समय कुर्नुपर्ने भएको छ । मेस्सी आइतबार विहान (शनिबार राती) हुने स्ट्रासबर्गविरुद्ध लिग खेलको लागि पिएसजीको टोलीमा नै परेका छैनन् । प्रशिक्षक माउरिसियो पोचेटिनोले घोषणा गरेको २२ […]

47 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले गत साता बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग सम्झौता गरे । तर मेस्सीलाई पिएसजीको जर्सीमा खेलेको हेर्न भने केहि समय कुर्नुपर्ने भएको छ ।

मेस्सी आइतबार विहान (शनिबार राती) हुने स्ट्रासबर्गविरुद्ध लिग खेलको लागि पिएसजीको टोलीमा नै परेका छैनन् । प्रशिक्षक माउरिसियो पोचेटिनोले घोषणा गरेको २२ सदस्यीय टोलीमा मेस्सीसँगै डिफेन्डर सर्जियो रामोसले पनि स्थान बनाउन सकेनन् । यसै सिजन भित्रिएका गोलरक्षक जियानलुइजी डोनारुम्माले पनि डेब्युका लागि प्रतिक्षा गर्नुपर्ने भएको छ ।

टोलीमा भर्खर अनुबन्ध भएका डिफेन्डर अक्रफ हाकिमी र मिडफिल्डर जिओर्जिनिओ वाइनाल्डम भने टोलीमा समेटिएका छन् । ब्राजिलियन स्टार नेयमार, डिफेन्डर मार्किन्हस, मिडफिल्डर मारको भेराट्टी र डिफेन्डर लिएन्द्रो पारेडेस पनि टोलीमा रहेका छैनन् । युरो र कोपा अमेरिकामा व्यस्त रहेका यी खेलाडी केहि समय प्रशिक्षणपछि मात्र टोलीमा फर्कनेछन् ।

झन्डै आधा दर्जन स्टार खेलाडी टोलीमा नहुँदापनि पिएसजीले बलियो टोलीको घोषणा गरेको छ । पिएसजीले ट्रान्सफर विन्डो अन्त्य हुनुअघि केहि खेलाडी बेच्नुपर्ने छ । त्यसैले पनि टोलीका मुख्य खेलाडीलाई विश्राम दिएको आँकलन गरिएको छ ।

पिएसजीको २२ सदस्यीय टोली :

नाभास, रिको, फ्रान्ची, हाकिमी, किम्पेम्बे, डियालो, केहरर, बित्शिआबु, बितुमाजाला, राफिन्हा, ड्यानिलो, वाइनाल्डम, हरेरा, ड्राक्सलर, सिमोन्स, घारबी, एबिम्बे, मिचुत, सराबिया, इकार्डी, एमबाप्पे र कालिमुएन्दो

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.