default_image

3 years ago

August 14, 2021

भरान म्यानचेस्टर युनाइटेडमा सार्वजनिक

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले गत साता स्पेनिस क्लब रियल म्याड्रिडबाट अनुबन्ध गरेका फ्रान्सेली सेन्टरब्याक राफाएल भरानलाई क्लबमा सार्वजनिक गरेको छ । युनाइटेड र भरानबीच गत साता नै सम्झौता भएपनि विभिन्न प्रक्रिया पुरा गर्दा केही ढिला भएको थियो । क्लबले शनिबार मात्रै आधिकारिक रुपमा उनलाई सार्वजनिक गरेको हो । प्रिमियर लिगको नयाँ सिजनको लिड्विरुद्धको खेलअघि […]

37 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले गत साता स्पेनिस क्लब रियल म्याड्रिडबाट अनुबन्ध गरेका फ्रान्सेली सेन्टरब्याक राफाएल भरानलाई क्लबमा सार्वजनिक गरेको छ ।

युनाइटेड र भरानबीच गत साता नै सम्झौता भएपनि विभिन्न प्रक्रिया पुरा गर्दा केही ढिला भएको थियो । क्लबले शनिबार मात्रै आधिकारिक रुपमा उनलाई सार्वजनिक गरेको हो । प्रिमियर लिगको नयाँ सिजनको लिड्विरुद्धको खेलअघि भरानलाई मैदानभित्र लगेर समर्थकमाझ सार्वजनिक गरिएको हो ।

‘म्यानचेस्टर युनाइटेड विश्व फुटबलमा सबैभन्दा प्रतिष्ठित क्लबहरु मध्ये एक हो र यहाँ आएर प्रिमियर लिगमा खेल्ने मौकालाई मैले अस्वीकार गर्न सक्दिन,’ क्लबमा सार्वजनिक भएपछि भरानले भने, ‘म मेरो करिअरमा यहाँ धेरै सफलता हासिल गर्न चहान्छु । र मलाई थाहा छ, म महान् खेलाडीहरुको एक टोलीमा सामेल छु । जो सबैको म्याच र उपाधि जित्ने संकल्प हुनेछ ।’

सम्झौता अवधि १ वर्ष बाँकी रहँदै १० वर्षको रियल बसाईलाई बिट मारेका २८ वर्षीय भरानका लागि युनाइटेडले ४१ मिलियन पाउन्डमा खर्च गरेको हो । उनले २०२५ को अन्त्यसम्म सम्झौता गरेका छन् । थप १ वर्षको लागि सम्झौता नविकरण गर्ने विकल्प पनि युनाइटेडले राखेको छ ।

भरान यो सिजनमा युनाइटेडको दोस्रो ठुलो अनुबन्धन हुन् । यसअघि युनाइटेडले इग्लिस विंगर जेडान सान्चोलाई जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ७३ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो । सान्चोले शनिबार लिड्सविरुद्ध खेलमा डेब्यु गरे ।

सन् २०११ मा फ्रान्सेली क्लब लेन्सबाट रियल आएका सेन्टरब्याक भरानले रियलमा १० सिजन बिताउँदा ३६० खेलमा १७ गोल गरेका छन् । फ्रान्स २०१८ को विश्व विजेता बन्दा टोलीका सदस्य रहेका उनले रियलबाट तीन स्पेनिस ला लिगा, चार च्याम्पियन लिग, चार फिफा क्लब विश्वकप, तीन युइएफए सुपरकप, तीन स्पेनिस सुपर कप र एक कोपा डेल रे जितेका छन् । २०१३ देखि फ्रान्सको राष्ट्रिय टोलीमा रहेका भरानले ७९ खेलमा ५ गोल गरेका छन् ।

यो पनि : ब्रुनोको ह्याट्रिकमा युनाइटेडको सानदार जित

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.