default_image

3 years ago

August 14, 2021

ब्रुनोको ह्याट्रिकमा युनाइटेडको सानदार जित

एजेन्सी – पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेसको ह्याट्रिक तथा फ्रान्सेली मिडफिल्डर पल पोग्बाको चार असिस्टमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा लिड्स युनाइटेडमाथि सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा शनिबार भएको खेलमा युनाइटेडले लिड्स युनाइटेडमाथि ५-१ को सानदार जित हात पारेको हो । युनाइटेडको जितमा थप गोल मासन ग्रीनवुड र फ्रेडको नाममा रह्यो । लिड्सका […]

56 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेसको ह्याट्रिक तथा फ्रान्सेली मिडफिल्डर पल पोग्बाको चार असिस्टमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा लिड्स युनाइटेडमाथि सानदार जित दर्ता गरेको छ ।

घरेलु मैदानमा शनिबार भएको खेलमा युनाइटेडले लिड्स युनाइटेडमाथि ५-१ को सानदार जित हात पारेको हो । युनाइटेडको जितमा थप गोल मासन ग्रीनवुड र फ्रेडको नाममा रह्यो । लिड्सका लुके एयलिङले एक गोल फर्काए । ओल्ड ट्राफोर्डमा समर्थक माझ खेलाइएको खेलमा युनाइटेडले गोलको लागि पहिलो हाफको ३० मिनेटको समय नै कुुर्नु परेको थियो ।

३०औं मिनेटमा ब्रुनो फर्नान्डेजले पल पोग्वाको पासमा गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए । ब्रुनोको प्रहार गोलरक्षक इभान मेलिएरलाई लागेपनि गोल भएको थियो ।

दोस्रो हाफको सुरुवातमै लुके एयलिङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले स्टुआर्ट डालासको पासमा गोल गरेका थिए । लिड्सको बराबरी गोलपछि ९ मिनेटको अन्तरमा तीन गोल गरेपछि युनाइटेडले खेलमा ४–१ को आरामदायी अग्रता लिन सफल भयो । ५२औं मिनेटमा मासन ग्रीनवुडले पोग्बाकै पासमा गोल गर्दै युनाइटेडलाई पुनः २–१ को अग्रता दिलाए ।

त्यसको दुई मिनेटपछि पोग्बाकै पासमा ब्रुनोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दा युनाइटेडले खेलमा ३–१ को अग्रता लियो । ६०औं मिनेटमा ब्रुनोले ह्याट्रिक पुरा गरेपछि युनाइटेड फराकिलो जिततर्फ अग्रसर बन्यो । उनले भिक्टर लिन्डेलफको पासमा गोल गरेका थिए ।

नयाँ सिजनमा ब्रुनोको ह्याट्रिक पहिलो ह्याट्रिक बन्यो । युनाइटेड यतिकै रोकिएन । ६८औं मिनेटमा फ्रेडले गोल गर्दै युनाइटेडलाई ५–१ को सानदार जित दिलाए । यही खेलबाट यसै समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट युनाइटेड आएका इंग्लिस मिडफिल्डर जेडान सान्चोले प्रिमियर लिगमा डेब्यु गरे । उनले ७५औं मिनेटमा ड्यानियल जेम्सलाई प्रतिस्थापन गरे । जितपछि युनाइटेडले ३ अंक जोडेको छ । हारसँगै लिड्स अंकविहीन बन्यो ।

यसअघि शुक्रबार राती भएको पहिलो खेलमा नव प्रवेशी ब्रेन्टफर्डले आर्सनललाई २-० ले पराजित गरेको थियो । आज हुने अन्य खेल यसप्रकार छन् :

रातको ७:४५ बजे – बर्नली विरुद्ध ब्राइटन एन्ड होभ आल्बियन

रातको ७:४५ बजे – चेल्सी विरुद्ध क्रिस्टल प्यालेस

रातको ७:४५ बजे -एभर्टन विरुद्ध साउथह्याम्पटन

रातको ७:४५ बजे -लेस्टर सिटी विरुद्ध वल्भ्स

रातको ७:४५ बजे – वाटफर्ड विरुद्ध एस्टन भिल्ला

रातको १०:१५ बजे – नर्विच सिटी विरुद्ध लिभरपुल

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.