default_image

3 years ago

August 15, 2021

बेन्जेमा चम्कदा रियलको सानदार सुरुवात

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको दुई गोल सहयोगमा रियल म्याड्रिडले नयाँ सिजनको स्पेनिस ला लिगामा सानदार सुरुवात गरेको छ । रियलले डिपोर्टिभो एलाभेसमाथि उसकै मैदानमा ४–१ को सानदार जित निकाल्दै नयाँ सिजनमा जितसहित सुखद सुरुवात गरेको हो । रियलको जितमा बेन्जेमाले दुई तथा नाचो फर्नान्डेस र भिनि जुनियरले समान एक गोल गरेका एलाभेसका जोसेलुले […]

51 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको दुई गोल सहयोगमा रियल म्याड्रिडले नयाँ सिजनको स्पेनिस ला लिगामा सानदार सुरुवात गरेको छ ।

रियलले डिपोर्टिभो एलाभेसमाथि उसकै मैदानमा ४–१ को सानदार जित निकाल्दै नयाँ सिजनमा जितसहित सुखद सुरुवात गरेको हो । रियलको जितमा बेन्जेमाले दुई तथा नाचो फर्नान्डेस र भिनि जुनियरले समान एक गोल गरेका एलाभेसका जोसेलुले पेनाल्टीमार्फत एक गोल फर्काए ।

स्टेडियो डि मेन्डीजोरोज्जा भिटोरिया गास्टेइजमा शनिबार राति भएको खेलमा रियल घरेलु टोलीसँग पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएपनि दोस्रो हाफमा गोल गर्दै जित निकाल्न सफल भएको हो ।

बल पोसेसन राखेपनि ३९औं मिनेटमा रियल गोल खानबाट बचेको थियो । डेभिड अलाबा आफ्नो पोजिसनभन्दा बाहिर रहेको अवस्थामा एलाभेसले काउन्टर अट्याकमा आक्रमण गरेपनि इड्गर मेन्डेसको पासमा लुइस रियोजाको हेडरलाई इडर मिलिसाओले ब्लक गरेपनि राम्ररी क्लियर हुन नसकेको बलामा पेरे पोन्सको रिवाउन्ड प्रहार क्रसबार हुदै बाहिरिएको थियो ।

दोस्रो हाफको सुरुमै बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाए । ४८औं मिनेटमा ग्यारेथ बेलको क्रसमा इडेन हाजार्डले मिलाइदिएको फ्लिक पासमा बेन्जेमाले भलीमार्फत सुन्दर गोल गर्न सफल भएका थिए । ५६औं मिनेटमा नाचो फर्नान्डेसले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । लुका मोड्रिचले छिटो गरी कर्नर किक चलाउँदै हाजार्ड र फेडे भाल्भेर्डे हुदै पुनः मोड्रिचले गरेको क्रसमा नाचोले गोल गर्न सफल भएका थिए ।

६२औं मिनेटमा टोलीको कप्तानी सम्हालिरहेका बेन्जेमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपपछ रियल सहज जिततर्फ असघ बढ्यो । तर ६५औं मिनेटमा गोलरक्षक थिवाउट कोर्टुवाले जोन गुइडेट्टीलाई पेनाल्टी बक्समा लडाएपछि एलाभेसले पेनाल्टी पाएपछि जोसेलुले गोल गदै खेललाई ३–१ को अवस्थामा ल्याउदै एलाभेसलाई खेलमा फर्कने संकेत दिए ।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सव्सिच्युट ब्राजिली विंगर भिनि जुनियरले गोल गर्दै रियललाई ४–१ को फराकिलो जित दिलाए । ६६औं मिनेटमा हाजार्डको स्थानमा मैदान छिरेका भिनिले यसै सिजन रियलमा आबद्ध भएका अष्ट्रियन भर्सटाइल डेभिड अलाबाको पासमा गोल गर्न सफल भए । अलाबा ला लिगाको डेब्यु खेलमै गोलमा संम्लग्न हुन सफल भए । यो जितपछि रियलले ३ अंक जोडेको छ ।

अन्य नजिता
क्याडिजविरुद्ध लेभान्टे (१–१)
मलोर्काविरुद्ध रियल बेटिस (१–१)
ओसासुनाविरुद्ध इस्पान्योल (०–०)

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.