default_image

3 years ago

August 15, 2021

पीएसजीको लगातार दोस्रो जित, साविक विजेता लिल स्तब्ध

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार दोस्रो जित दर्ता गरेको छ । अघिल्लो खेलमा ट्रोएसमाथि २–१ को जित दर्ता गरेको पीएसजीले शनिबार राति भएको खेलमा स्ट्रासवर्गमाथि ४–२ को सहज जित निकाल्दै लिग वानमा लगातार दोस्रो जित निकालेको हो । घरेलु मैदान पार्क डेस प्रिन्सेसमा पीएसजीको जितमा माउरो इकार्डी, केलियन एमबाप्पे, […]

34 views

0 Bookmark

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार दोस्रो जित दर्ता गरेको छ । अघिल्लो खेलमा ट्रोएसमाथि २–१ को जित दर्ता गरेको पीएसजीले शनिबार राति भएको खेलमा स्ट्रासवर्गमाथि ४–२ को सहज जित निकाल्दै लिग वानमा लगातार दोस्रो जित निकालेको हो ।

घरेलु मैदान पार्क डेस प्रिन्सेसमा पीएसजीको जितमा माउरो इकार्डी, केलियन एमबाप्पे, जुलियन ड्राक्सलर पाब्लो सारावियाले गोल गरे । स्ट्रासवर्गका केभिन गामेइरो र लुडोभिक एजोक्युले गोल फर्काए । खेलको तेस्रो मिनेटमा नै इकार्डीको गोलबाट पीएसजीले अग्रता लिएको थियो । उनले एब्डोउ डियालोको पासमा गोल गरेका थिए ।

२५औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । उनले जुलियन ड्राक्सलरको पासमा गोल गर्न सफल भएका थिए । त्यसको दुई मिनेटपछि नै जुलियन ड्राक्सलरले गोल गरेपछि पीएसजीले पहिलो हाफमै ३–० को आरामदायी अग्रता लिएको थियो ।

दोस्रो हाफमा १२ मिनेटको अन्तरमा स्ट्रासवर्गले दुई गोल फर्काएपछि खेल ३–२ को रोमाञ्चक अवस्थामा पुगेको थियो । ५३औं मिनेटमा केभिन गामेइरोले एड्रिन थोमस्सनको पासमा गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्या । ६४औं मिनेटमा लुडोभिकले डिमिट्रि लिनार्डको पासमा गोल गरेपछि स्ट्रासवर्ग खेलमा फर्किएको थियो ।

८१औं मिनेटमा एलेसान्दर डिजिकु दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि स्ट्रासवर्गको खेलमा फर्कने सम्भावना टाढिएको थियो । ८६औं मिनेटमा पाब्लो सारावियाले एमबाप्पेको पासमा गोल गर्दै पीएसजीलाई ४–२ को सहज जित दिलाए ।

यस खेलमा प्रशिक्षक मौरिसियो पोचेटिनोले स्टार खेलाडीद्धय नेयमार र लियोनेल मेस्सीलाई विश्राम दिएका थिए । दुवै खेलाडी ढिला गरी प्रशिक्षणमा जोडिएका थिए । पीएसजीले मेस्सीलाई गत साता मात्रै क्लबमा सार्वजनिक गरेको थियो । जितसँगै पीएसजी २ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । पराजित स्ट्रासवर्ग अंक विहीन हुदै पुछारमा छ ।

यस्तै अर्काे खेलमा साविकको विजेता लिल निससँग ४–० ले स्तब्ध बनेको छ । लिललाई स्तब्ध पार्न निसका कास्पर डोलवर्गले दुई तथा हिचेम बोडावय एमिन गोरीले समान एक गोल गरे । दुई चरणको खेल सकिदा साविक विजेता लिलले जित निकाल्न सकेको छैन । लिल पहिलो खेलमा मेट्जसँग ३–३ गोलको बराबरीमा रोकिएको थियो । लिलले २ खेलबाट १ अंक जोडेको छ । लिललाई हराएपछि निस २ खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.