default_image

3 years ago

August 15, 2021

हालान्ड चम्कदा डर्टमुन्डको सानदार जित

एजेन्सी – नर्वेजियन युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डले दुई गोल र दुई असिस्ट दिएपछि बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा डर्टमुन्डले फ्रान्कफुर्टमाथि ५–२ को सानदार जितसहित विजयी सुरुवात गरेको हो । मार्काे रिउस, थोर्गन हाजार्ड र जियोभानी रेनाले समान एक गोल गरे । फ्रान्कफुर्टका जेन्स […]

79 views

0 Bookmark

एजेन्सी – नर्वेजियन युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डले दुई गोल र दुई असिस्ट दिएपछि बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा सानदार जित दर्ता गरेको छ ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा डर्टमुन्डले फ्रान्कफुर्टमाथि ५–२ को सानदार जितसहित विजयी सुरुवात गरेको हो । मार्काे रिउस, थोर्गन हाजार्ड र जियोभानी रेनाले समान एक गोल गरे । फ्रान्कफुर्टका जेन्स पिटरले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

सिग्नल इडुना पार्कमा डर्टमुन्डले खेलको २३औं मिनेटमा कप्तान मार्काे रिउसको गोलबाट अग्रता लिएको थियो । उनले एर्लिङ ब्राउट हालान्डको पासमा गोल गरेका थिए । त्यसको दुई मिनेटपछि फेलिक्स पास्लाकले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियो ।

३२औं मिनेटमा थोर्गन हाजार्डले हालान्डको पासमा गोल गरेपछि डर्टमुन्डले पुनः अग्रता लिन सफल भयो । सुरुवाती दुई गोलमा असिस्ट दिएका हालान्डले ३४औं मिनेटमा गोल गरेपछि डर्टमुन्डले पहिलो हाफमा ३–१ को अग्रता लिन सफल भएको थियो । ४०औं मिनेटमा मार्काे रिउसले गोल गरेपनि उनको गोलले भिएआरबाट मान्यता पाएन ।

५८औं मिनेटमा जियोभानी रेनाले गोल गर्दै डर्टमुन्डलाई ४–१ ले अघि बढाए । ७०औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरेपछि डर्टमुन्ड फराकिलो जिततर्फ अग्रसर बन्यो । उनले कप्तान रिउसको पासमा गोल गरेका थिए । खेल सकिन ४ मिनेट बाँकी रहँदा जेन्स पिटरले गोल गरेपनि डर्टमुन्ड ५–२ ले विजयी हुन सफल भयो ।

अन्य नतिजा
अर्मेनिया बिलेफिल्डविरुद्ध फ्रेइवर्ग (०–०)
अग्सवर्गविरुद्ध होफेनहाइन (०–)
युनियन बर्लिनविरुद्ध बायर लिभरकुसन (१–१)
भिएफबी स्टुटगार्टविरुद्ध ग्रिउथर फर्थ (–१)
वल्फ्सवर्गविरुद्ध बोचुम (–०)

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.