default_image

3 years ago

August 15, 2021

युभेन्ट्स र मिलान विजयी

एजेन्सी – प्रि–सिजनको मैत्रीपुर्ण खेलमा इटालियन क्लब युभेन्ट्स र एसी मिलान विजयी भएका छन् । एलिएन्ज स्टेडियम टोरिनोमा शनिबार राति भएको खेलमा घरेलु टोली युभेन्ट्सले सिरी ‘ए’ प्रतिद्धन्द्धी एटलान्टालाई ३–१ ले पराजित गरेको हो । युभेन्ट्सको जितमा पाउलो डिबाला, फेडरिको बर्नरडेस्ची र अल्भारो मोराटाले गोल गरे । एटलान्टाका लुइस मुरेलले एक गोल फर्काए । खेलको […]

30 views

0 Bookmark

एजेन्सी – प्रि–सिजनको मैत्रीपुर्ण खेलमा इटालियन क्लब युभेन्ट्स र एसी मिलान विजयी भएका छन् । एलिएन्ज स्टेडियम टोरिनोमा शनिबार राति भएको खेलमा घरेलु टोली युभेन्ट्सले सिरी ‘ए’ प्रतिद्धन्द्धी एटलान्टालाई ३–१ ले पराजित गरेको हो ।

युभेन्ट्सको जितमा पाउलो डिबाला, फेडरिको बर्नरडेस्ची र अल्भारो मोराटाले गोल गरे । एटलान्टाका लुइस मुरेलले एक गोल फर्काए । खेलको आठौं मिनेटमा पाउलो डिबालाको गोलबाट युभेन्ट्सले अग्रता लिएको थियो ।

१७औं मिनेटमा लुइस मुरेलले पेनाल्टीमार्फत बराबरी गोल फर्काए । ३९औं मिनेटमा फेडरिको बर्नरडेस्चीले तथा ९०औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै युभेन्ट्सलाई जित दिलाए ।

यस्तै एसी मिलानले ग्रीसको पानाथिनाइकोसलाई २–१ ले पराजित गरेको छ । मिलानका लागि दुवै गोल न्यु ब्वय ओलिभर जिरुउडले गोल गरे । पानाथिनाइकोसका फोटिस लोननिडिसले एक गोल फर्काए ।

यस्तै अर्काे मैत्रीपुर्ण खेलमा एसएस रोमाले मोरोक्कोको राजा कासाब्लान्कामाथि ५–० को फराकिलो जित निकालेको छ । रोमाको जितमा इल्डर सोमुरोडोभ, जियानलुका मान्सिनी, हेनरिक मिख्तरयन, कार्लेस पेरेज र बोर्जा मायोरलले गोल गरे । एकपक्षीय खेलमा पहिलो हाफमा दुई तथा दोस्रो हाफमा ३ गोल निस्किएको थियो ।

स्पेन, फ्रान्स, इंग्ल्यान्ड र जर्मनीमा नयाँ सिजन सुरु भइसकेको छ । इटालियन सिरी ‘ए’ अर्काे सातादेखि सुरु हुदैछ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.