default_image

3 years ago

August 15, 2021

एन्फा सोरुमको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल (एन्फा) को खेलकुद सामाग्री प्रायोजक केटिएम सिटीले फुटबल सम्बन्धित सामाग्री मात्र समावेश गरेर एन्फा सोरुम सञ्चालनमा आएको छ । शेर्पा आउटडोरको केटिएम सिटीले दरवारमार्गस्थित केटिएम टावरमा एन्फा सोरुम सञ्चालनमा ल्याएको हो । एन्फा सोरुमको अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा, एन्फाका उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटिका […]

74 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल (एन्फा) को खेलकुद सामाग्री प्रायोजक केटिएम सिटीले फुटबल सम्बन्धित सामाग्री मात्र समावेश गरेर एन्फा सोरुम सञ्चालनमा आएको छ । शेर्पा आउटडोरको केटिएम सिटीले दरवारमार्गस्थित केटिएम टावरमा एन्फा सोरुम सञ्चालनमा ल्याएको हो ।

एन्फा सोरुमको अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा, एन्फाका उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटिका अध्यक्ष उपेन्द्रमान सिंह र एन्फाका महासचिव इन्द्रमान तुलाधरले आईतबार उद्घाटन गरे । एन्फासँग औपचारिक सहकार्य सुरु गरेको केटीएम सिटीले पहिलोपटक एन्फा सोरुम सञ्चालनमा ल्याएको हो ।

सोरुममा राष्ट्रिय फुटबल टिमको आधिकारिक जर्सी तथा खेलका विभिन्न सामाग्री खरिद गर्न सकिनेछ । यस वर्षदेखि राष्ट्रिय फुटबल टिमलाई शेर्पा आउटडोरको केटिएम सिटीले मुख्य प्रायोजन गरेको छ । पहिलोपटक खुल्ला प्रतिस्पर्धाबाट आह्वान गरिएको टेण्डरमा केटीएमल सिटीले सर्वाधिक रकम प्रस्ताव गर्दै तीन वर्षका लागि राष्ट्रिय फुटबल टिमको जर्सी र खेल सामाग्रीको आधिकारिक प्रायोजक कम्पनी बनेको हो ।

एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले एन्फा सोरुममा एन्फाको सबै सामग्री पाइने यसको शाखा देशभर सञ्चालन हुनेमा विश्वस्त रहेको बताए ।
केटीएम सिटीका प्रबन्ध निर्देशक निमा नोर्बु लामाले नेपाली ब्राण्ड राष्ट्रिय फुटबल टिमको मुख्य प्रायोजक बन्न पाउनु गर्वको विषय रहेको विस्तारै शाखाहरु देशभर विस्तार गरिने बताए ।

केटीएम सिटीले राष्ट्रिय फुटबल टिमसँगै ‘ए’ डिभिजन क्लबहरु मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबसँग प्रायोजन गरेको छ । चाडै नै क्लब सामाग्रीको लागि पनि छुट्टै शोरुम खोल्ने केटिएमको तयारी रहेको छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.