default_image

3 years ago

August 15, 2021

पिएसजी समर्थक एमबाप्पेसँग असन्तुष्ट

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा फरवार्ड किलीयन एमबाप्पेले सम्झौता नविकरणको प्रस्ताव अस्विकार गर्दै अर्को सिजन क्लब छाड्ने योजना प्रष्ट पारेका छन् । एमबाप्पेको पिएसजीसँग सम्झौता यसै सिजन सकिँदैछ । उनलाई पिएसजीले गत सिजन नै सम्झौता बढाउन प्रस्ताव राखेको थियो । तर एमबाप्पेले आफ्नो भविष्य अन्यत्र रहेको बताउँदै क्लबसँग सम्झौता नविकरण […]

31 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा फरवार्ड किलीयन एमबाप्पेले सम्झौता नविकरणको प्रस्ताव अस्विकार गर्दै अर्को सिजन क्लब छाड्ने योजना प्रष्ट पारेका छन् ।

एमबाप्पेको पिएसजीसँग सम्झौता यसै सिजन सकिँदैछ । उनलाई पिएसजीले गत सिजन नै सम्झौता बढाउन प्रस्ताव राखेको थियो । तर एमबाप्पेले आफ्नो भविष्य अन्यत्र रहेको बताउँदै क्लबसँग सम्झौता नविकरण गर्न मानेनन् । रियल म्याड्रिड लामो समयदेखि उनलाई अनुबन्ध गर्ने प्रयासमा छ ।

पिएसजीले बरु एमबाप्पेलाई अर्को सिजन फ्रि ट्रान्सफरमा पठाउने तर यस सिजन भने कुनै हालतमा नबेच्ने बताएको छ । अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीलाई अनुबन्ध गरेपछि पनि क्लब एमबाप्पेलाई जान दिने पक्षमा छैन । अझ क्लबले त टोली थप बलियो भएकाले एमबाप्पेले आफ्नो पिएसजी बसाईं थप्ने अपेक्षा गरेको छ । तर एमबाप्पेको नयाँ अभिव्यक्ति आएको छैन ।

शनिबार लिग वनअन्तर्गत पिएसजीले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा स्ट्रासबर्गलाई पराजित गर्यो । उक्त खेलमा पिएसजी यसै सिजन अनुबन्ध गरेका ५ खेलाडीलाई खेलअघि सार्वजनिक गरेको थियो । समर्थकले खुसीयाली मनाएको उक्त खेलमा एमबाप्पेविरुद्ध भने केहि समर्थकले असन्तुष्टि व्यक्त गरे ।

एमबाप्पेले बल छुँदा मैदानमा उपस्थित समर्थकले उनीविरुद्ध सिठी बजाउँदै उनको सम्झौता नविकरण नगर्ने निर्णयविरूद्ध लागेका थिए । खेलमा पिएसजी ४-२ ले विजयी हुँदा एमबाप्पेले १ गोल र १ असिस्ट पनि दिए । तर समर्थक उनको खेल भन्दा भविष्यको निर्णयबारे बढी चिन्तित थिए ।

रियल म्याड्रिडले एमबाप्पेका लागि आफू पिएसजीले मागेको रकम दिन तयार रहेको बताएको छ । तर पिएसजी कुनै हालतमा खेलाडी छाड्ने पक्षमा छैन । अब रियलले अर्को ट्रान्सफर विन्डोमा एमबाप्पेलाई फ्रि ट्रान्सफरमा लिने देखिन्छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.