default_image

3 years ago

August 15, 2021

जर्मन लेजेन्ड मुलरको निधन

एजेन्सी – जर्मन लेजेन्ड फरवार्ड गर्ड मुलरको ७५ वर्षको उमेरमा आइतबार निधन भएको छ । विश्वकप र युरोपेली च्याम्पियन विजेता फरवार्डलाई सन् २०१५ मा अल्जाइमर रोग पुष्टि भएको थियो । त्यसपछि उनलाई विशेष हेरचाहका साथ घरमै राखेर उपचार गरिएको थियो । सोही रोगबाट नै उनको निधन भएको उनको परिवार र बायर्न म्युनिखले जनाएको छ । […]

58 views

0 Bookmark

एजेन्सी – जर्मन लेजेन्ड फरवार्ड गर्ड मुलरको ७५ वर्षको उमेरमा आइतबार निधन भएको छ । विश्वकप र युरोपेली च्याम्पियन विजेता फरवार्डलाई सन् २०१५ मा अल्जाइमर रोग पुष्टि भएको थियो ।

त्यसपछि उनलाई विशेष हेरचाहका साथ घरमै राखेर उपचार गरिएको थियो । सोही रोगबाट नै उनको निधन भएको उनको परिवार र बायर्न म्युनिखले जनाएको छ । मुलरले पश्चिम जर्मनीका लागि ६२ खेलमा ६८ अन्तर्राष्ट्रिय गोल गरेका थिए । पश्चिम जर्मनीले सन् १९७४ को विश्वकप जित्दा उनी टोलीका महत्वपुर्ण सदस्य रहेका थिए । फाइनलमा नेदरल्यान्ड्सलाई २–१ ले हराएको थियो ।

जर्मन क्लब बायर्न म्युनिखमा १५ वर्ष बसाईको क्रममा मुलरले ४२७ बुन्डेसलिगा खेलमा ३६५ गोल गरेका थिए । उनले ७४ युरोपियन खेलमा ६६ गोलसमेत गरेका थिए । एक सिजनमा ४० गोल गर्ने कीर्तिमान बनाएको उनको यो कीर्तिमानलाई गत सिजन बायर्नकै रोबर्ट लेवान्डोस्कीले ४१ गोल गर्दै ४७ वर्षपछि तोडेका थिए ।

बायर्नका अध्यक्ष हर्वट हेनरले आज एफसी बायर्न र यसका सबै प्रशंसकहरुको लागि कालो दिन रहेको बताएका छन् ।

‘गर्ड मुलर सबैभन्दा महान फरवार्ड मध्ये एक हुन् । उनी राम्रो व्यक्ति र विश्व फुटबलको पहिचान हुन् । हामी सबै उहाँकी श्रीमती र उनको परिवारको शोकमा एकजुट छौं । उहाँको नाम र स्मृति सधैभरि जीवित रहनेछ,’ बायर्नले जारी गरेको प्रेस विज्ञप्तिमा अध्यक्ष हर्वट हेनरले भनेका छन् ।

सन् १९६३ मा टीएसभी नोर्डलिजेनबाट व्यवसायिक खेल करियर शुरु गरेका मुलर १९६४ मा बायर्नमा जोडिएका थिए । बायर्न दोस्रो डिभिजनमा रहँदा उनले १९६४–६५ को सिजनमा ३३ गोल गरेपछि बायर्न शीर्ष डिभिजनमा फर्किए । त्यसको चार वर्षपछि बायर्न जर्मन च्याम्पियन बन्न सफल भए ।

मुलरले बायर्नबाट चार बुन्डेसलिगा, चार डिएफबी पोकल, एक रिजनल कप, ३ युरोपियन कप, एक युरोपियन कप विनर्स कप र एक इन्टरकन्टिनेन्टल कप जितेका छन् । उनी १५ सिजन बायर्नमा रहँदा ७ पटक बुन्डेसलिगाको सर्वाधिक गोलकर्ता चुनिएका थिए ।

मुलर सन् १९७० मा बालोन डिओर जित्न सफल भएका थिए । १९७९ मा बायर्न छाडेपछि उनी अमेरिकन क्लबमा आबद्ध भएका थिए । त्यहाँ तीन सिजन खेलेपछि उनले व्यवसायिक खेल करिअरबाट सन्न्यास लिएका थिए । १९७४ को विश्वकप पछि उनले अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिएका थिए ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.