default_image

3 years ago

August 15, 2021

सनको गोलमा च्याम्पियन सिटीको हार

एजेन्सी – दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनको गोलमा टोटेनहम हट्सपरले इंग्लिस प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटीलाई १-० ले पराजित गरेको छ । घरेलु मैदान टोटेनहम हट्सपर स्टेडियममा टोलीका लागि सनले दोस्रो हाफमा गरेको गोल नै निर्णायक सावित भयो । पहिलो हाफमा सिटीले बलियो प्रदर्शन गरेपनि टोटेनहमको अनुशासित डिफेन्सलाई चिर्न सकेन । दोस्रो हाफमा […]

53 views

0 Bookmark

एजेन्सी – दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनको गोलमा टोटेनहम हट्सपरले इंग्लिस प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटीलाई १-० ले पराजित गरेको छ ।

घरेलु मैदान टोटेनहम हट्सपर स्टेडियममा टोलीका लागि सनले दोस्रो हाफमा गरेको गोल नै निर्णायक सावित भयो । पहिलो हाफमा सिटीले बलियो प्रदर्शन गरेपनि टोटेनहमको अनुशासित डिफेन्सलाई चिर्न सकेन । दोस्रो हाफमा टोटेनहमले काउन्टर अट्याकको फाइदा उठाउँदै अग्रता लिएपछि खेलमा पकड जमाएको थियो ।

टोटेनहमले दोस्रो हाफमा सनको गोलमा अग्रता लिएको थियो । काउन्टर अट्याकमा स्टिभन बर्गवाइनको पासलाई नियन्त्रणमा लिँदै सनले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहारमा गोलरक्षक एडरसन बिट भएका थिए ।

अग्रता लिएको केहिबेरमै टोटेनहमले दुई गोलले अघि बढ्ने अवसर गुमायो । सिटीका डिफेन्डरले बल खोस्ने क्रममा गल्ति गरेपछि बर्गवाइनले वन भर्सेस वनको स्थितिमा बल पाएका थिए । तर उनको अन्तिम प्रहार पोस्टभन्दा बाहिरिंदा खेल १-० कै अवस्थामा रहयो ।

खेलमा टोटेनहमका स्टार फरवार्ड ह्यारी केनले सहभागिता जनाएनन् । म्यानचेस्टर सिटीले ट्रान्सफर विन्डोमा पटक पटक खरिद गर्ने प्रयास गरेपनि दुई क्लबबीच सहमति हुन सकेको छैन । स्पर्सका नव नियुक्त प्रशिक्षक नुनो एस्पिरितो सान्टोले भने युरोबाट फर्केपछि प्रशिक्षण नपुगेको कारण उनी टोलीमा समावेश नरहेको बताए ।

सिटीका लागि इंग्लिस विंगर ज्याक ग्रिलिसले प्रिमियर लिगमा डेब्यु गरेका थिए । सुरुवाती रोजाइमा खेलेका ग्रिलिसले पहिलो हाफमा प्रभावशाली प्रदर्शन गरेपनि दोस्रो हाफमा टोलीलाई गति दिनअसफल रहे । दोस्रो हाफमा बेन्चबाट बेल्जियन मिडफिल्डर केभिन डे ब्रुएन आएपछि थप सुधारिएको सिटीको आक्रमणले बराबरी गोल भने फर्काउन सकेन । त्यस्तै टोटेनहमका लागि अर्जेन्टिनी डिफेन्डर क्रिस्टियन रोमेरोले खेलको अन्त्यतिर मैदान प्रवेश गर्दै प्रिमियर लिगमा डेब्यु गरे ।

त्यसअघि आइतबारको पहिलो खेलमा वेस्ट ह्यामले न्युकासल युनाइटेडलाई ४-२ ले पराजित गरेको थियो । क्यालम विल्सनले पाँचौ मिनेटमा न्युकासललाई अग्रता दिलाएपनि आरोन क्रेस्वेलले १८ औं मिनेटमा बराबरी गोल फर्काए । ४० औं मिनेटमा जेकब मर्फीले गोल गर्दै घरेलु टोली न्युकासलको अग्रता पुन: स्थापना गरे ।

दोस्रो हाफमा वेस्ट ह्यामले १३ मिनेटको अन्तरमा तीन गोल गर्दै जित पक्का गर्यो । ५३ औं मिनेटमा साइद बेनराह्माले वेस्ट ह्यामलाई बराबरीमा ल्याए । त्यसपछि मिकाएल एन्टोनियो पेनाल्टीमा चुकेपनि रिबाउन्डमा टोमस सुचेकले गोल गरे । ६६ औं मिनेटमा एन्टोनियोले गोल गर्दै वेस्ट ह्यामको जित पक्का गरेका थिए ।

पहिलो साताको नतिजा :

ब्रेन्टफर्ड २-० आर्सनल [सर्जी कानोस (१-०), क्रिस्टियन नोर्गार्ड (२-०)]

म्यानचेस्टर युनाइटेड ५-१ लिड्स युनाइटेड [ब्रुनो फर्नान्डेस (१-०), लुक एलिङ (१-१), मेसन ग्रीनवुड (२-१), ब्रुनो फर्नान्डेस (३-१), ब्रुनो फर्नान्डेस (४-१), फ्रेड (५-१)]

बर्नले १-२ ब्राइटन [जेम्स टार्कोस्की (१-०), निल माउपे (१-१), एलेक्सिस मकालिस्टर (१-२)]

एभर्टन ३-१ साउथह्याम्टन [एडम आर्मस्ट्रङ (०-१), रिचार्लीसन (१-१), अब्दुलाए डुकुरे (२-१), डोमिनिक काल्भर्ट लेविन (३-१)]

लेस्टर १-० वल्भ्स [जेमी भार्डी (१–०)]

वाटफोर्ड ३-२ एस्टन भिल्ला [ इम्यानुएल डेनिस (१-०), इस्माएला सार (२-०), जुआन हर्नान्डेज (३-०), जोन मक्गिन (३–१), ड्यानी इंग्स (३-२)]

चेल्सी ३-० क्रिस्टल प्यालेस [(मार्कस अलोन्सो (१-०), क्रिस्टियन पुलिसिच (२-०), ट्रेभो चलाबोह (३-०)]

नर्विच सिटी ०-३ लिभरपुल [डिओगो जोटा (०-१), रोबर्टो फिर्मिनो (०-२), मोहमद सलाह (०-३)]

न्युकासल युनाइटेड २-४ वेस्ट ह्याम [क्यालम विल्सन (१-०), आरोन क्रेस्वेल (१-१), जेकब मर्फी (२-१), साइद बेनराह्मा (२-२), टोमस सुचेक (२-३), मिकाएल एन्टोनियो (२-४)]

टोटेनहम हट्सपर १-० म्यानचेस्टर सिटी [ह्युङ मिन सन (१-०)]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.