default_image

3 years ago

August 16, 2021

ब्रेथवेट चम्कँदा बार्सिलोनाको विजयी सुरुवात

एजेन्सी – डेनिस फरवार्ड मार्टिन ब्रेथवेटले दुई गोल र एक असिस्ट प्रदान गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगाको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा रियल सोसीडाडलाई ४-२ ले हराएको हो । अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले क्लब छाडेपछि पहिलो प्रतिस्पर्धात्मक खेलमा उत्रिएको बार्सिलोनाले दुवै हाफमा २-२ गोल गरेको थियो । सोसीडाडले […]

50 views

0 Bookmark

एजेन्सी – डेनिस फरवार्ड मार्टिन ब्रेथवेटले दुई गोल र एक असिस्ट प्रदान गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगाको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा रियल सोसीडाडलाई ४-२ ले हराएको हो ।

अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले क्लब छाडेपछि पहिलो प्रतिस्पर्धात्मक खेलमा उत्रिएको बार्सिलोनाले दुवै हाफमा २-२ गोल गरेको थियो । सोसीडाडले ३ गोलले पछि परेको स्थितिबाट लगातार दुई गोल गरेपनि खेलबाट कुनै अंक जोड्न सकेन । बार्सिलोनाका लागि फरवार्ड मेम्फिस डिपाए र डिफेन्डर एरिक गार्सियाले डेब्यु गरेका थिए ।

खेलको १९ औं मिनेटमा डिपाएकै फ्रिकिकमा जेरार्ड पिकेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । इन्ज्युरी समयको दोस्रो मिनेटमा ब्रेथवेटले सिजनको पहिलो गोल गर्ने क्रममा बार्सिलोनाको अग्रता दोब्बर पारे । उनले फ्रेन्की डे जोङको पासलाई गोलमा परिणत गरेका थिए ।

खेलको ५९ औं मिनेटमा ब्रेथवेटले व्यक्तिगत दोस्रो गोल गरे । सोसीडाडका डिफेन्डरले पेनाल्टी क्षेत्रभित्र संयमित डिफेन्स गर्न नसक्दा पाएको बललाई उनले गोल गरेका थिए । ८२ औं मिनेटमा लोबेटेले गोल गर्दै सोसीडाडलाई खेलमा फर्काएका थिए । त्यसको तीन मिनेटपछि नै मिकेल ओयाराज्बालले गोल गर्दै बार्सिलोनालाई दबाबमा राखे ।

इन्जुरी समयको दोस्रो मिनेटमा सर्जी रोबर्टोले गोल गर्दै बार्सिलोनाको जित पक्का गरे । उनले मार्टिन ब्रेथवेटको पासमा सहज गोल गरेका थिए । यस जितसँगै बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शीर्षस्थानको रियल म्याड्रिडले शनिबार अलाभेसमाथि ४-१ को जित निकालेको थियो । त्यस्तै एटलेटिको पनि गेटाफेमाथि २-१ को जितसँगै तेस्रो स्थानमा छ ।

यो पनि : सनको गोलमा च्याम्पियन सिटीको हार

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.