default_image

3 years ago

August 16, 2021

पोग्बा अर्को सिजन रियल म्याड्रिड जाने सम्भावना

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फ्रान्सेली मिडफिल्डर पल पोग्बाले म्यानचेस्टर युनाइटेडमा सम्झौता नविकरण नगरेपछि स्पेनिस क्लब रियल म्याड्रिड जाने सम्भावना बढेको छ । सिजनको अन्त्यसँगै फ्रि एजेन्ट बन्ने पोग्बा अर्काे समरमा ओल्ड ट्राफोर्ड छाड्दै रियलमा जाने सम्भावना बढेको हो । म्यानचेस्टरमा पोग्वाको सम्झौता यो सिजनको अन्त्यसँगै अर्थात आगमी ३० जुनमा सकिँदैछ । फ्रान्सेली मिडफिल्डर पछिल्लो दुई वर्षयता […]

79 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फ्रान्सेली मिडफिल्डर पल पोग्बाले म्यानचेस्टर युनाइटेडमा सम्झौता नविकरण नगरेपछि स्पेनिस क्लब रियल म्याड्रिड जाने सम्भावना बढेको छ ।

सिजनको अन्त्यसँगै फ्रि एजेन्ट बन्ने पोग्बा अर्काे समरमा ओल्ड ट्राफोर्ड छाड्दै रियलमा जाने सम्भावना बढेको हो । म्यानचेस्टरमा पोग्वाको सम्झौता यो सिजनको अन्त्यसँगै अर्थात आगमी ३० जुनमा सकिँदैछ । फ्रान्सेली मिडफिल्डर पछिल्लो दुई वर्षयता रियल म्याड्रिडसँग जोडिएपनि अनुबन्धन प्रक्रिया अघि बढ्न सकेको थिएन ।

तत्कालिन प्रशिक्षक जिनेदिन जिदानले पोग्वालाई रियलमा भित्र्याउन अथक प्रयास गरेपनि सफल हुन सकेका थिएनन् । जिदानले क्लब छाडेपनि पोग्वाले १३ पटकको युरोपेली च्याम्पियन रियलबाट खेल्ने आशा मारेका छैनन् । पोग्वाले नयाँ सिजनको पहिलो खेलमै चार असिस्ट दिएका छन् ।

डेली स्टारका अनुसार पोग्वाले यो सिजनको अन्त्यसँगै म्यानचेस्टर छाड्दै रियलमा जाने योजना बुनिसकेका छन् । कोरोना महामारीका कारण ला लिगाले लगाएको वित्तिय प्रतिबन्धपछि स्पेनिस क्लबहरुले खेलाडी अनुबन्धको लागि रकम खर्चन सकेका छैनन् । सम्भावत अर्काे सिजन क्लबले खेलाडी अनुबन्धमा मोटो रकम खर्चने अनुमान गरिएको छ ।

सन् २०२२ को समर रियलको लागि विशेष हुन सक्नेछ । रियलले केलियन एमबाप्पे र पोग्वालाई फ्रि एजेन्टमार्फत तथा एर्लिङ ब्राउट हालान्डलाई मोटो रकममा सान्टियागो बर्नबेउमा उतार्न सक्नेछ ।

एमबाप्पे र पोग्वा दुवै अर्काे समरमा फ्रि एजेन्ट हुनेछन् । जसले रियल म्याड्रिडको लागि हालान्ड अनुबन्धको लागि मोटै रकम खर्चन पाउनेछ । तर हालान्डको लागि म्यानचेस्टर युनाइटेड, चेल्सी, पीएसजी र बायर्न म्युनिखले पनि चासो देखाइरहेका छन् ।

२८ वर्षीय पोग्वाले म्यानचेस्टर युनाइटेडबाट पछिल्लो ६ सिजनमा २०० खेल खेल्दा ३८ गोल गरेका छन् । पोग्वा सन् २०१६ मा म्यानचेस्टर युनाइटेड फर्किएका थिए । पोग्वा २०१२ मा इटालियन क्लब युभेन्ट्स पुगेका थिए । त्यसअघि उनले दुई सिजन युनाइटेडमा रहँदा मात्रै तीन खेलमा अवसर पाएका थिए ।

यो पनि : पिएसजी समर्थक एमबाप्पेसँग असन्तुष्ट

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.