default_image

3 years ago

August 16, 2021

फुटबल विवाद : छानविन समितिले बुधबार प्रतिवेदन बुझाउने

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र पुरुष राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीच विवादको छानविनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बनाएको छानविन समितिले बुधबार प्रतिवेदन बुझाउने भएको छ । समितिकी सदस्य सुवर्ण श्रेष्ठले छानविन प्रक्रिया मंगलबारसम्म सकेर बुधबार राखेप सदस्य सचिव रमेशकुमार सिलवाललाई प्रतिवेदन बुझाउने […]

51 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र पुरुष राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीच विवादको छानविनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बनाएको छानविन समितिले बुधबार प्रतिवेदन बुझाउने भएको छ ।

समितिकी सदस्य सुवर्ण श्रेष्ठले छानविन प्रक्रिया मंगलबारसम्म सकेर बुधबार राखेप सदस्य सचिव रमेशकुमार सिलवाललाई प्रतिवेदन बुझाउने योजना रहेको जानकारी दिइन् । ‘छानविनको केहि काम बाँकी छन् । मंगलबारसम्म सम्पूर्ण प्रक्रिया पूरा गरेर बुधबार सदस्य सचिवज्यूलाई बुझाउने योजना छ । उहाँमार्फत मन्त्रालयलाई प्रतिवेदन पेश गरिनेछ,’ उनले भनिन् ।

श्रेष्ठले छानविनका क्रममा १४ जनाको बयान लिएको र त्यसअनुसार आवश्यक कागजात पनि प्राप्त भएको बताइन् । ‘ हामीले छानविनका क्रममा १४ जनासँग बयान लियौं । माग गरेको सम्पूर्ण कागजात पनि हामीले पाएका छौं । अब घटनाको विवरण, त्यसमा कसको के कमजोरी रहेको छ भन्ने सबै समेट्छौं । त्यसै अनुसार सुझाव पनि समेटेर प्रतिवेदन पेस गर्नेछौं,’ उनले भनिन् ।

यसअघि समितिले विहीबार ६ जना सहित ३ दिनको अन्तरमा कुल १४ जना सँग बयान लिएको थियो । समितिले अन्तिम दिन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ, दुई संचारकर्मी, कप्तान किरण चेम्जोङ, प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र इक्वेस्ट्रीएन संघका अध्यक्ष रवि राजकर्णिकारसँग बयान लिएको हो । बयान दिएका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफू छानविन प्रक्रियाबाट सन्तुष्ट रहेको अभिव्यक्ति दिएका थिए ।

बयानको पहिलो दिन मंगलबार समितिले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, प्रवक्ता किरण राई र राखेप अन्तर्गत फुटबलको मुख्य प्रशिक्षक अरुणा गुरुङसँग बयान लिएको थियो । त्यसपछि बुधबार उपाध्यक्षद्वय कृष्ण थापा र वीरबहादुर खड्का, फुटबल प्रशिक्षक बालगोपाल महर्जन, महासचिव इन्द्रमान तुलाधर तथा व्यवस्थापक उपाध्याय समितिमा बयानका लागि उपस्थित रहेका थिए ।

‘ मैले छानविन प्रक्रियाबाट एकदम सहज महसुस गरेको छु । मैले समितिसामु आफ्नो भनाइ राखेको छु । मैले आफूले विश्वास गर्ने सबै कुरा समितिमा राखेको छु । अब हामी समितिको निर्णयको प्रतिक्षामा छौं,’ प्रशिक्षक अलमुताइरीले भने ।

यता वरिष्ठ उपाध्यक्ष नेम्बाङले छानविनको जिम्मेवारी मन्त्रालयबाट राखेपसम्म पुग्नले नै एन्फा नेतृत्वको असफलता रहेको बताए । ‘यो विषय मन्त्रालय हुँदै राखेपबाट छानविन हुनु नै एन्फाको असफलता हो । म आफैं पनि त्यसको भागीदार हुँ । मैले पहिले पनि भन्दै आएको छु, यो विवाद पनि चुनावले अभिप्रेरित देखिन्छ । प्रशिक्षकले मलाई लगाएको आरोपको कुनै आधार छैन र मैले त्यसै अनुसार छानविन समितिमा आफ्नो भनाइ राखेको छु,’ नेम्बाङले भने ।

नेम्बाङले राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायको कमजोरीका कारण पनि यो विवाद चुलिएको अभिव्यक्ति दिए । ‘ राष्ट्रिय टोलीको व्यवस्थापकको असक्षमताका कारण पनि यो अवस्था आएको हो । वहाँले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्न नसक्दा नै अहिलेको परिस्थितिको सामना गर्नुपरेको छ,’ नेम्बाङले भने ।

खड्का छानविनमा आमन्त्रित

बयानका क्रममा राखेप सदस्य तथा एन्फाका महिला विभाग प्रमुख हरि खड्का पनि आमन्त्रित सदस्यका रुपमा उपस्थित थिए । सदस्य श्रेष्ठले राखेपकै सदस्य रहेको र एन्फामा पनि आबद्ध रहेकाले समितिलाई सहयोग पुग्ने हेतुले नै उनलाई बोलाइएको बताइन् ।

एन्फाको कार्यकारी समितिको आपतकालिन बैठकले विवाद समाधान गर्न नसकेपछि छानबिनका लागि एन्फाले युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गरेको थियो । त्यसकै आधारमा मन्त्रालयले राखेपलाई छानबिनका लागि पत्र काटेको थियो । गत साता राखेपले सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको थियो । त्यहि क्रममा समितिले मंगलबार बयान सुरु गरेको हो ।

नेम्बाङ र अलमुताइरीबीच गत साता मंगलबार एक होटलमा भएको भेटपछि दुवै पक्ष पुरानो विवादलाई नचर्काउन र आउने दिनमा सहकार्य गर्दै अघि बढ्न सहमत भएपछि तत्कालका लागि विवाद समाधान हुने सम्भवाना देखिएको थियो । फुटबलप्रेमीलाई सकारात्मक सन्देश दिनका लागि संयुक्त वक्तव्य जारी गर्ने भनिएपनि अहिले सम्म विज्ञप्ती जारी भएको छैन । अलमुताइरी सहमति भएकै दिन पोखरा गएका थिए ।

एक्वेस्टरियन संघका अध्यक्ष राजकर्णिकारको पहलमा नेम्बाङ र अलमुताइरीबीच विवाद समाधानका लागि पार्न भेटघाट भएको थियो । तर राखेपले छानबिन अघि बढाएपछि नेम्बाङ र अलमुताइरीको सहमति के हुने भन्ने प्रष्ट भएको छैन । साउन ७ गते अलमुताइरी र दुई सञ्चारकर्मीसँगको विवादबाट बढ्दै जाँदा त्यसमा नेम्बाङ पनि तानिएका थिए । साउन १० गते अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्बाङका कारण आफूलाई काम गर्न अप्ठेरो भएको आशयका साथ पदबाट राजीनामा दिने घोषणा फेसबुकमार्फत गरेका थिए ।

सञ्चारकर्मीसँगको घटनामा नेम्बाङको संलग्नता रहेको दाबी अलमुताइरीले गर्दै आएका थिए । त्यसमा नेम्बाङले कडा आपत्ती जनाउँदै अलमुताइरीविरुद्ध छानबिनको माग राखेका थिए । अलमुताइरीले पनि नेम्बाङ र दुई सञ्चारकर्मीविरुद्ध छानबिनको माग गरेका थिए ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.