default_image

3 years ago

August 16, 2021

भरत, विक्रम र रन्जित राष्ट्रिय टोलीबाट बाहिरिए

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपको तयारीमा रहेको टोलीबाट तेस्रो चरणको छनोटमा २८ खेलाडी छनोट गरेका छन् । पोखरा भ्रमणका लागि घोषणा गरिएको ३८ सदस्यीय टोलीबाट १० खेलाडी सोमबार बाहिरिएका हुन् । अनुभवी फरवार्ड भरत खवास, मिडफिल्डर विक्रम लामा र डिफेन्डर रञ्‍जित धिमाल साफ च्याम्पियनसिपको टोलीमा नहुने पक्का […]

65 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपको तयारीमा रहेको टोलीबाट तेस्रो चरणको छनोटमा २८ खेलाडी छनोट गरेका छन् ।

पोखरा भ्रमणका लागि घोषणा गरिएको ३८ सदस्यीय टोलीबाट १० खेलाडी सोमबार बाहिरिएका हुन् । अनुभवी फरवार्ड भरत खवास, मिडफिल्डर विक्रम लामा र डिफेन्डर रञ्‍जित धिमाल साफ च्याम्पियनसिपको टोलीमा नहुने पक्का भएको छ । यस्तै फरवार्ड जर्जप्रिन्स कार्की, राजीव लोप्चन, संजोक राई, त्रिदेव गुरुङ, सेसेहाङ आङदेम्बे, रन्दिप पौडेल र विशाल सुनार पनि टोलीबाट बाहिरिएका छन् ।

साफ च्याम्पियनसिप अक्टोबर पहिलो साता माल्दिभ्समा हुने योजना रहेको छ । नेपालले उक्त प्रतियोगिताको तयारीका लागि भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । खेल भदौ १७ र २० गते दशरथ रंगशालामा हुनेछ । नेपाली टोली हाल दुई साता लामो प्रशिक्षण क्याम्पका लागि पोखरामा छ ।

हाल टोलीमा रहेका खेलाडीमध्य अर्पण कार्की, शिशिर लेखी र राजन गुरुङ पहिलो पटक सिनियर टोलीमा स्थान बनाउन प्रयासरत छन् । यी तीनसँगै गोलरक्षक विशाल श्रेष्ठ, दीप कार्की र अर्पण कार्कीले भने राष्ट्रिय टोलीबाट डेब्यु गरेका छैनन् । बाँकी सबै खेलाडीले सिनियर टोलीको अनुभव बोकिसकेका छन् ।

२८ सदस्यीय टोली :

किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, अर्पण कार्की, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशिष लामा, अभिषेक रिजाल, शिशिर लेखी

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.