default_image

3 years ago

August 17, 2021

भिल्लारियल र बिल्वाओ रोकियो

एजेन्सी – स्पेनिस ला लिगामा भिल्लारियल र एथलेटिको बिल्वाओ बराबरीमा रोकिएका छन् । १० खेलाडीमा रोकिएको भिल्लारियल ग्रानडासँग गोलरहित बराबरीमा रोकिदा बिल्वाओलाई इल्चेले गोलरहित बराबरीमा रोकेको हो । घरेलु मैदानमा बल पोसेसनमा पकड बनाएपनि भिल्लारियलले ग्रानडाको रक्षापङ्ति चिर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । खेलको तेस्रो मिनेटमा नै एइसा मेन्दीको हेडर सदुपयोग नहुदा भिल्लारियलले अग्रता […]

30 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा भिल्लारियल र एथलेटिको बिल्वाओ बराबरीमा रोकिएका छन् । १० खेलाडीमा रोकिएको भिल्लारियल ग्रानडासँग गोलरहित बराबरीमा रोकिदा बिल्वाओलाई इल्चेले गोलरहित बराबरीमा रोकेको हो ।

घरेलु मैदानमा बल पोसेसनमा पकड बनाएपनि भिल्लारियलले ग्रानडाको रक्षापङ्ति चिर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । खेलको तेस्रो मिनेटमा नै एइसा मेन्दीको हेडर सदुपयोग नहुदा भिल्लारियलले अग्रता लिन सकेन ।

११औं मिनेटमा लुइस सुआरेजको प्रहार बाहिरिदा ग्रानडा अग्रता लिनबाट चुक्यो । भिल्लारियलले १४ बढी आक्रमण बुनेपनि सफल हुन सकेन । ८२औं मिनेटमा जुआन फोयथ दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि घरेलु टोली भिल्लारियल १० खेलाडीमा समेटिएर खेलको अन्त्य गरेको थियो । ग्रानडाले काउन्टर अट्याकमा केही प्रयास गरेपनि सफल हुन सकेन । बराबरीपछि ग्रानडा १३औं तथा भिल्लारियल १५औं स्थानमा रहेको छ ।

यस्तै अर्काे खेलमा इल्चेले घरेलु मैदानमा एथलेटिको बिल्वाओलाई गोलरहित बराबरीमा रोक्दै अंक लिन सफल भएको छ । बिल्वाओलाई घरेलु टोली इल्चेले कडा चुनौती दिएको थियो । दुवै टोलीले केही आक्रमण बुनेपनि सदुपयोग हुन नसक्दा खेल गोलरहित बराबरीमा टुंगियो ।
बराबरीपछि बिल्वाओ १०औं तथा इल्चे ११औं स्थानमा छ ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.