default_image

3 years ago

August 17, 2021

सी डिभिजन छनोटमा सातै प्रदेशबाट ७९ टोली

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटमा ७९ टोलीले प्रतिस्पर्धा गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । दर्ता हुने अन्तिम मिति (मंगलबार) सम्म ७९ टोली दर्ता भएको एन्फाले जनाएको छ । छनोट २६ अगस्टबाट शुरु हुदैछ । छनोटमा लागि सबैभन्दा धेरै बागमती प्रदेशबाट ६२ टोली दर्ता भएको छ । […]

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटमा ७९ टोलीले प्रतिस्पर्धा गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

दर्ता हुने अन्तिम मिति (मंगलबार) सम्म ७९ टोली दर्ता भएको एन्फाले जनाएको छ । छनोट २६ अगस्टबाट शुरु हुदैछ । छनोटमा लागि सबैभन्दा धेरै बागमती प्रदेशबाट ६२ टोली दर्ता भएको छ । प्रदेश १ बाट ७ टोलीले छनोट खेल्नेछन् । २५ जिल्लाका विभिन्न क्लबहरुले ‘सी’ छनोटका लागि दर्ता गरेका छन् ।

‘सी’ छनोटको खेल तालिका विभाजन शुक्रबार एन्फा कम्प्लेक्समा दिउँसो १ बजे हुने एन्फाले जनाएको छ । प्रतियोगिता लिग कम नकआउट पद्दतिमा गर्ने योजना रहेको छ । क्लबले २४ अगस्टसम्म कम्तीमा १८ खेलाडी, प्रशिक्षक र टिम म्यानेजर दर्ता गर्नुपर्नेछ । छनोटबाट तीन टोलीले ‘सी’ डिभिजनमा उक्लनेछ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.