default_image

3 years ago

August 17, 2021

चेल्सीका अब्राहम रोमामा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब चेल्सीका फरवार्ड ट्याम्मी अब्राहम इटालियन क्लब रोमामा अनुबन्धित भएका छन् । रोमाले २३ वर्षीय इंग्लिस फरवार्ड ट्यामी अब्राहमलाई ५ वर्षको लागि ३४ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । रोमामा सम्झौता लगत्तै उनको रिलिज क्लज ६८ मिलियन पाउन्ड राखेको छ । ट्याम्मीको आइतबार नै मेडिकल भएपनि क्लबले मंगलबार मात्रै सार्वजनिक गरेको हो […]

20 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब चेल्सीका फरवार्ड ट्याम्मी अब्राहम इटालियन क्लब रोमामा अनुबन्धित भएका छन् । रोमाले २३ वर्षीय इंग्लिस फरवार्ड ट्यामी अब्राहमलाई ५ वर्षको लागि ३४ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो ।

रोमामा सम्झौता लगत्तै उनको रिलिज क्लज ६८ मिलियन पाउन्ड राखेको छ । ट्याम्मीको आइतबार नै मेडिकल भएपनि क्लबले मंगलबार मात्रै सार्वजनिक गरेको हो । ट्याम्मी रोमा पुगेसँगै प्रशिक्षक जोसे मौरिन्हो र ट्याम्मीको पुनर्मिलन हुने भएको छ । रोमाले यसै सिजन मौरिन्होलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

ट्याम्मीले रोमामा ९ नम्बरको जर्सी लगाउने छन् । चेल्सीले बेल्जियन फरवार्ड रोमेलु लुकाकुलाई ९८ मिलियन पाउन्डमा क्लबमा अनुबन्ध गरेपछि ट्याम्मीले पहिलो रोजाईमा खेल्ने सम्भावना न्युन बनेपछि उनले चेल्सी छाड्ने निर्णय गरेका हुन् । यता रोमाबाट खेल्दै आएका फरवार्ड एडिन जेको भने इन्टर पुगेका छन् ।

चेल्सीको एकेडेमीमा हुर्किएका अब्राहमले सन् २०१६ मा सिनियर टिममा डेब्यु गरेका थिए । त्यसपछि उनी लोनमा च्याम्पियनसिप क्लब ब्रिस्टोल सिटीमा पुगेका थिए । त्यसपछि दुई सिजन लोनमै स्वान्सी सिटी र एस्टन भिल्लामा खेलेपनि २०१९–२० मा चेल्सीमा फर्किएका थिए । उनले उक्त सिजन ४७ खेलमा १८ गोल गरेका थिए । गत सिजन विरलै अवसर पाएका ट्याम्मीले ३२ खेलमा १२ गोल गरेका थिए ।

ट्याम्मीले चेल्सीका लागि उनले ८२ खेलमा ३० गोल गरेका छन् । सन् २०१७ देखि इंग्ल्यान्डको टोलीमा रहेको ट्याम्मीले चेल्सीबाट च्याम्पियन्स लिग र यूईएफए सुपर कपको उपाधि जितेका छन् ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.