default_image

3 years ago

August 17, 2021

बायर्न र डर्टमुन्ड उपाधिका लागि भिड्दै

एजेन्सी – जर्मन सुपर कपको उपाधिका लागि आज राति बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिख र डिएफवी पोकल च्याम्पियन बोरुसिया डर्टमुन्ड भिड्दैछन् । खेल नेपाली समयअनुसार सिग्नल इडुना पार्क डर्टमुन्डमा १२ः१५ बजे हुनेछ । साविक विजेता समेत रहेको बायर्न म्युनिख घरेलु टोलीलाई हराउँदै सिजनको पहिलो उपाधि जित्ने लक्ष्यमा हुनेछ । बायर्नसँग रोबर्ट लेवान्डोस्की, थोमस मुलर, लिरोए साने, […]

78 views

0 Bookmark

एजेन्सी – जर्मन सुपर कपको उपाधिका लागि आज राति बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिख र डिएफवी पोकल च्याम्पियन बोरुसिया डर्टमुन्ड भिड्दैछन् ।

खेल नेपाली समयअनुसार सिग्नल इडुना पार्क डर्टमुन्डमा १२ः१५ बजे हुनेछ । साविक विजेता समेत रहेको बायर्न म्युनिख घरेलु टोलीलाई हराउँदै सिजनको पहिलो उपाधि जित्ने लक्ष्यमा हुनेछ ।

बायर्नसँग रोबर्ट लेवान्डोस्की, थोमस मुलर, लिरोए साने, सर्ज गिनाब्री, लियोन गोरेट्ज्का, योसुवा किम्मिख, अलफन्सो डाभिस, निकलस सुल, बोउना सार, डेअट उपमिकानो र म्यानुयल नुएर टोलीमा रहेका छन् ।

यता, घरेलु मैदानमा हुने खेलमा डर्टमुन्ड साविक विजेता बायर्नलाई हराउँदै सिजनको पहिलो उपाधि जित्ने लक्ष्यमा मैदानमा उत्रनेछ । टोलीसँग युवा स्टार एर्लिङ ब्राउट हालान्ड, मार्काे रिउस, थोर्गन हाजार्ड, जियोभानी रेना, मामुद दाहुद, जुडे बेलिङघम, म्यानुयल एकान्जी, एक्सेल विस्टेल र रोमन बुर्की टोलीमा रहेका छन् ।

गत सिजन बायर्नले डर्टमुन्डमाथि ३–२ को जित निकाल्दै उपाधि जितेको थियो । जर्मन सुपर कप बुन्डेस लिगा च्याम्पियन र डिएफबी पोकल विजेताबीच प्रतिस्पर्धा हुने प्रावधान छ ।

डिएफवी सुपर कप र डिएफएल सुपर कपको नामले २१औं सिजन सकिदा बायर्न ८ पटक च्याम्पियन बन्न सफल भएको छ । डर्टमुन्डले ६ पटक उपाधि जितेको छ । वेडर ब्रेमेनले ३ पटक उपाधि जित्दा एफसी काइसरस्लाउटन, भिएफवी स्टुर्टगार्ट र भिएफएल वल्फ्सवर्ग समान एक पटक च्याम्पियन बनेको छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.