default_image

3 years ago

August 18, 2021

रोनाल्डोले आफ्नो भविष्यबारे बोले

एजेन्सी – पछिल्लो समय युरोपका विभिन्न क्लबसँग नाम जोडिएपछि फरवार्ड क्रिस्टियानो रोनाल्डोले सामाजिक संजालमार्फत आफ्नो भविष्यबारे बोलेका छन् । स्पेनिस संचारमाध्यमले रोनाल्डो रियल म्याड्रिड फर्कने भन्दै समाचार जारी गरेपछि प्रशिक्षक कार्लो एन्चेलोटिले पनि सामाजिक संजालबाट उक्त हल्ला निराधार रहेको बताएका थिए । त्यसपछि रोनाल्डोले पनि मंगलबार नै रियल म्याड्रिडसँग आफ्नो यात्रा सफल रहेको र आफू […]

91 views

0 Bookmark

एजेन्सी – पछिल्लो समय युरोपका विभिन्न क्लबसँग नाम जोडिएपछि फरवार्ड क्रिस्टियानो रोनाल्डोले सामाजिक संजालमार्फत आफ्नो भविष्यबारे बोलेका छन् ।

स्पेनिस संचारमाध्यमले रोनाल्डो रियल म्याड्रिड फर्कने भन्दै समाचार जारी गरेपछि प्रशिक्षक कार्लो एन्चेलोटिले पनि सामाजिक संजालबाट उक्त हल्ला निराधार रहेको बताएका थिए । त्यसपछि रोनाल्डोले पनि मंगलबार नै रियल म्याड्रिडसँग आफ्नो यात्रा सफल रहेको र आफू पूर्ण रुपमा त्यसबाट सन्तुष्ट रहेको बताएका हुन् ।

रोनाल्डोले चुप रहन संकेत दिएको तस्बिरसहित यस्तो लेखेका थिए :

‘सबैलाई थाहा छ म आफ्नो काममा कति केन्द्रित हुन्छु भन्ने । कम कुरा र धेरै काम गर्नु मेरो खेल जीवनको सुरुवातदेखिको आदर्श हो’, उनले इन्स्टाग्राममा लेखेका छन्, ‘पछिल्लो समयमा मेरा बारेमा जे जति लेखिएका छन् त्यसमा आफ्नो धारणा प्रष्टपार्न चाहन्छु । यो सबै एउटा मान्छे र खेलाडीका रुपमा त्यो अपमान भन्दा बढी हो । यसमा जोडिएका क्लब र त्यसमा कार्यरत स्टाफहरुलाई पनि न्यायोचित छैन ।’

सञ्चारमाध्यममा त्यसरी चर्चा गरिनु, त्यसमा क्लबहरुलाई समेत समावेश गराइनु, अन्य खेलाडी र स्टाफलाई उद्धत गर्नु ती सबै अपमान नै भएको रोनाल्डोको निष्कर्ष छ । रियल फर्कने चर्चाका विषयमा पनि उनले आफ्नो धारणा राखेका छन् ।

‘रियलमा मेरो इतिहास लेखिसकिएको छ । त्यो दर्ता भइरहेको छ, अंक र उपाधिमा । कति त्यसका शीर्षक बनेका छन । बेर्नाबेउको संग्रहालयमा सुरक्षित छन् । त्यस्तै क्लबका समर्थकको मानसपटलमा छन्’, उनले भनेका छन्, ‘अनि जे मैले प्राप्त गरे मलाई ती नौ बर्ष र त्यहाँका समर्थकसँग प्रति सम्मान छ । रियलका समर्थकलेलाई आफ्नो मुटुमा राख्नेछन् र म उनीहरुलाई दिमागमा राख्नेछु ।’

पछिल्लो समय स्पेनमा आउने गरेका विभिन्न लिगमा जाने चर्चाका विषयमा समाचारमा खासै सन्त्यता नहुने गरेको पनि उनले बताएका छन् । ‘मैले आफ्नो मौनता तोडेको छु । म मेरो बारेमा खेल्ने अनुमति कसैलाई दिन्न’, उनले भनेका छन्, ‘म आफ्नो काम र करियरमा केन्द्रित छु । म सबै चुनौती स्वीकार्नका लागि तयार छु ।’

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

Success

Thank you for your time.